सर्जक सुवेदीको लय शब्द, सेन्चुरी र जुनाको जिवन्त अभिनयमा ‘अभागी त म हुँ’

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ काठमाडौं, माघ २३
लोकदोहोरी सर्जक शिव सुवेदीको ‘अभागी त म हुँ’ बजारमा आएको छ । गीतमा माया गरेकी आफ्नी मायालुलाई बाध्यताले छोड्नुपरेको भावलाई समेटिएको छ एकअर्का बीच माया हुँदाहुँदै पनि बाध्यताले छुट्टिनपरेको कथालाई सर्जक शिब सुवेदीले लय शब्दमा उतारेका हुन् ।

नवीन र रुक्मिणी भट्टराईको प्रस्तुति रहेको गीतमा गायिका सुनितामी परियार र कुशल बेल्बासेको स्वर रहेको छ भने चर्चित गायक खेम सेञ्चुरी र जुना गुरुङको अभिनय रहेको छ ।
गीतलाई कलाकार तथा निर्देशक विनोद भण्डारीले निर्देशन गर्नुभएको हो । भण्डारीले निर्देशन गरेका गीतले पछिल्लो समयमा दर्शकश्रोताले अत्यधिक माया पाएका छन् ।

भिडियो सहित


प्रकाशित : २०७७ माघ २३, शुक्रबार ०१:३०