विजयनगर गाउँपालिका वडा नं. २ मा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न

ByLumbini Darpan Online

२३ माघ २०७७, शुक्रबार ०१:५१ २३ माघ २०७७, शुक्रबार ०१:५१ २३ माघ २०७७, शुक्रबार ०१:५१

लुदअ कपिलवस्तु, माघ २३
कपिलवस्तुको विजय नगर गाउँ पालिका वडा नं. २ को भेला आज मगर कट्टा मा सम्पन्न भएको छ । हीरा लाल तेलीको अध्यक्षता, राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार तथा अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तुकका केन्द्रीय सदस्य केर सिंह अदै को उपस्थितिमा भएको थियो । अदैले वर्तमान राजनीतिक
अवस्था, राष्ट्रिय जनमोर्चा नीति कार्यक्रमको बारेमा बोलेका थिए ।

भेलामा राष्ट्रिय जनमोर्चा विजयनगरका अध्यक्ष गोपाल सुनार, अखिल नेपाल यातायात मजदुर संघका जिल्ला उपाध्यक्ष उदय राज चौधरी, राष्ट्रिय जनमोर्चा विजय नगर वडा नं.५ का अध्यक्ष खादेरु पासी, वडा न १ का अध्यक्ष प्रभु यादव, वडा न ६का अध्यक्ष पटेश्वरी यादव ले पनि मन्तव्य राखेका थिए ।

भेलाले हिरालाल तेलीको अध्यक्षतामा ९ सदस्सीय राष्ट्रिय जनमोर्चा विजय नगर २ को वडा समिति पुनर्गठन गरेको छ । जस् अनुसार उपाध्यक्ष पदमा मञ्जु थारु, सचिव जानकी थारु, कोषाध्यक्षमा चिन्कु अहिर, सदस्य अध्याय राम भर, सावित्री अहिर, बिहारी प्रसाद यादव, लक्षमण मूरा उ, र कृष्ण जायसवाल रहेका छन् । भेलाको सञ्चालन राष्ट्रिय जनमोर्चा विजय नगरका सचिव गोविन्द परिवार र स्वागत चिनकु अहिरले गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *