
बुद्धको पावन क्षेत्र कपिलवस्तु औद्योगीक सम्भावना बोकेको ठाउँ रहेको नेपाल उद्योग बाणिज्य महासँघका अध्यक्ष शेखर गोल्छाले बताएका छन् ।
कपिलवस्तु उद्योग बाणिज्य संघको १४ औ साधारणसभा तथा ७ औ अधिवेसनमा बोल्दै गोल्छाले गौतमबुद्ध विमानस्थल, भैसहवा नाका र महत्वपुणर् ष्अउ चेक पोष्ट , भौगोलिक सुगमताका कारण कपिलवस्तु आर्थिक उद्योग र व्यापारीक हिसावले महत्वपुणर् रहने बताएका छन् । त्यसका लागि कपिलवस्तु उद्योग बाणिज्य सँघले पहिचान सहितको कार्यक्रम निति निर्माण गरेर ल्याए आफुले केन्द्रबाट सघाउ पु/याउने समेत बताए ।
उनले साना तथा मझौला उद्योग, व्यापारको विकास भएमात्र देशको आर्थिक समृद्धि हुने बताउदै ,यस्ता व्यावसायीक कर्ताका लागि झन्जटिलो प्रकृया, सहुलियत ऋणका लागि ऐन परिमार्जन गर्नुपर्नेमा समेत जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि प्रदेश सांसद विष्णु पंन्थीले लुम्विनी प्रदेश पर्यटन, उद्योग,कृषि व्यापार बाट आर्थिक संमृद्धि गर्न महत्वपुणर् स्थान रहेको हुदाँ यस क्षेत्रमा औद्योगीक र यस्ता क्षेत्रमा लगानी गर्न व्यावसायीलाई अनुरोध गरेका थिए ।
लगानीको हिसावले कपिलवस्तु उपयुक्त वातावरणिय क्षेत्र रहेको भन्दै उनले कपिलवस्तुमा सस्तो फराकिलो जग्गा, अन्र्तराष्ट्रिय बोर्डरबाट सुविधायुक्त बाटोघाटो तथा सुगमता रहेको हुदाँ ठुक्क भएर लगानी गर्न समेत विश्वस्त पारे ।
राष्ट्रिय पुजीको विकासलेमात्र अर्थतन्त्रको विकास बलियो हुने बताउदै उनले स्वदेशी उत्पादन प्रवद्र्धनमा जोड दिनुपर्ने जनाए । उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले व्यवसायीलाई टेवा पुग्ने विभिन्न रचनात्मक कार्यहरु सहित संस्थाको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारु, नागरिक समाजका अध्यक्ष दोलक बहादुर पछाई लगाएतले मन्तब्य व्यक्त गरेका थिए । सो अवसरमा विभिन्न क्षेत्रबाट सहयोग पु/याउने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

