भौगोलिक अखण्डताको रक्षा गर्छौ ः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी भौगोलिक अखण्डताको रक्षा गर्ने एक मात्र सवैभन्दा ठुलो पार्टी भएको बताएका छन् । नेकपा बागमती प्रदेश कमिटीले काठमाडौंमा शुक्रबार आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिंसाको राजनीतिलाई सरकारले रोक्ने भन्दै
नेपालमा अब नरभक्षी आन्दोलनको दिन गएको बताए ।
केही दिनअघि पुष्पकमल दाहाल प्रचण्डले मांसहारी आन्दोलन गर्ने चेतावनी दिएको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने ‘मांसहारी आन्दोलन भनेर उहाँ (प्रचण्ड)ले चिकेन चिल्ली खान्छु भन्नुभएको होइन,’ प्रधानमन्त्रीले , ‘म भन्न चाहन्छु अब नरभक्षी आन्दोलनका दिन गए, हिंसा कसैले मच्चाउन सक्दैन । नेपालका शान्तिपूणर् दिन सुरु भएका छन् ।’

उनले आफू नेतृत्वको पार्टी नै कम्युनिस्ट आन्दोलनको मूल प्रवाह भएको बताए । ‘कम्युनिस्ट पार्टीको मात्र होइन देशकै मूल पार्टी हो,’ जनसभाको उपस्थितिले त्यसलाई पुष्टि गरेको बताउँदै , ‘यो पार्टी नै देश बनाउने, स्वाधिनताको रक्षा र प्रयोग गर्ने, भौगोलिक अखण्डताको रक्षा गर्ने पार्टी हो । लोकतन्त्रका लागि सात दशक संघर्ष गरेको यही पार्टी हो ।’ प्रधानमन्त्री ओलीले आफूले सरकारले नेतृत्व गरेपछि सडक कालोपत्रे, सुरुङ मार्ग निर्माण, कृषि, सिँचाइ, रोजगारलगायतका क्षेत्रमा ऐतिहासिक काम भएको जानकारी दिएका थिए ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *