लुदअ कपिलवस्तु, माघ २६
कपिलवस्तु उद्योग वाणिज्य संघको निर्वाचन हुन अब केहि समय बाँकी रहदा व्यवसायी मात्र नभएर सबैमा कौतुहलता जागेको छ । ७ औँ अधिवेशनबाट नयाँ कार्य समिति चयनका लागि तय गरिएको निर्वाचन अन्तर्गत उम्मेद्धवारी दिएका प्यानल दिनरात प्रचार प्रसारमा व्यबस्त देखिन्छन् । निर्वाचनको पुर्व सन्ध्यामा अब संघमा आवद्ध सदस्यहरुले मताधिकारको प्रयोग पनि गर्न धेरै समय छैन । प्रतिष्ठित संस्था वाणिज्य संघको चुनावलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।
बन्द शत्रले विधान संशोधन गर्दै हालसम्म कार्यभार सम्हालेको समिति विघटन गर्दै रविराज आचार्यको संयोजकत्वमा बनेको निर्वाचन मण्डललाई जिम्मेवारी दिएको छ । निर्वाचन मण्डलले मंगलवारका लागि अधिवेसन तय गरेको छ ।
निर्वाचन समितिले आईतवार उमेदवार उपर दावी विरोध, छानविन देखि तथा निर्णय सार्वजनिक गर्ने, उमेद्वारी फिर्ता को समय तय गरेको थियो भने सोमवार उमेदवारको अन्तिम नामावली संकला गर्ने तथा मंगलवार मतदानको समय तय गरेको थियो । ७ औ अधिवेशनका लागि मनोनय दर्ता गरि उम्मेदवारहरुको नामावली प्रकाशन गरेकोमा सबै उमेद्धारी सदर भएका छन् ।
उम्मेद्धारी बदर हुने गरि कसैको दावी विरोध आएन सोहि कारण सबै सदर भए संघका अध्यक्ष उमनाथ पौडेलले वताए । अधिवेशन अन्तर्गत मतदान मंगलबार हुने निर्वांचन मण्डलका सदस्य गुणानिधी भुषालले जानकारी दिए ।
सघंको अधिवेशनका लागि नेकपा तर्फबाट अध्यक्षमा टोपनारायण बेल्बासे, वरिष्ठ उपाध्यक्षमा छबी रेश्मी मगर, उद्योग तर्फ उपाध्यक्षमा कृष्ण सापकोटा, वाणिंज्य तर्फको उपाध्यक्ष कृष्ण प्रसाद गैरे, एसोसिएट तर्फ उपाध्यक्ष बिरेन्द्र खाँण् , वस्तुगत उपाध्यक्ष तर्फ बाबुराम पाण्डे, महासचिवमा कुशल पौडेल र सचिवमा खिमानन्द पौडेल (कपिल) को नाम प्रकाशन भएको छ ।
त्यस्तै कोषाध्यक्षमा मनोहर योगी, सहकोषाध्यक्षमा यम बहादुर के.सी महिला सदस्य तर्फ शान्ति क्षेत्री, गिता पौडेल, त्यस्तै लेखा समिति संयोजकमा मोहन न्यौपाने सदस्यमा कृति मल्लको नाम सर्वजनिक भएको छ ।
उता नेपाली कांग्रेस तर्फबाट अध्यक्षमा डोलकराम घिमिरे, बरिष्ठ उपाध्यक्षमा लक्ष्मण अधिकारी, उद्योग उपाध्यक्षमा तुल्सीराम घिमिरे, बाणिज्य उपाध्यक्षमा खुमानन्द घिमिरे महासचिवमा मनोज पौडेल, कोषाध्यक्षमा बिनोद पन्त, सचिवमा शंकर प्रसाद न्यौपाने, सह कोषाध्यक्षमा सेराज अहमद, महिला उपाध्यक्षमा इन्द्रीरा तिमिल्सीना, महिला सदस्यमा लक्ष्मी थारु र मिना पौडेल पोखरेल, विमला श्रेष्ठ ,एसोसीयट उपाध्यक्षमा टोपनारायण भण्डारी रहेका छन् । यस्तै सदस्यमा लक्ष्मण भुसाल र मनोज, वस्तुगत उपाध्यक्षमा शालिकराम भुसाल, लेखा समितिमा कृष्ण अर्याल, बसन्त खनाल र फर्सुराम पन्तलाई चुनावी मैदानमा उतारिएको कांग्रेस पक्षले जनाएको छ ।
दुवै समुहका नेतृत्वहरुले आ– आफ्नो जित सुनिश्तिच रहेको बताएका छन् । करिव १६ सय २५ मतदाता रहेको संघमा निकै कडा प्रतिस्पर्धा रहने आंकलन गरिएको छ । चर्चा सुरु भएसंगै नेतृत्व आफ्नो दाउमा पार्न प्रत्यक्ष, अप्रत्यक्ष रुपमा दुबै समुह लागि रहेका छन । अव व्यवसायीले कसलाई जिताउने हुन् । त्यो भने हेर्न बाँकी रहेको छ ।