प्रधानमन्त्री केपी ओली इतिहासमै विफल : प्रचण्ड

[sharethis-inline-buttons]

लुदअ माघ २६, काठमाण्डौ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्र विरोधी प्रतिक्रान्तिको वकालत गरेकाले प्रधानमन्त्री केपी ओली इतिहासमै विफल बनेको बताउनुभएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन प्रथम राष्ट्रिय परिषद् बैठकलाई सोमबार काठमाण्डौमा सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको प्रतिक्रान्तिविरुद्ध संविधान, लोकतन्त्र र गणतन्त्रको पक्षमा एकजुट हुन पनि आह्वान गर्नुभयो ।

पार्टी एकीकरणको समयदेखि नै लोकतन्त्र र संविधान विपरीत कार्यशैली देखाउँदै आएका ओलीले अहिले संविधान, लोकतन्त्र र गणतन्त्र विरोधी प्रतिक्रान्तिको बाटोमा हिँडेकाले आफूहरू त्यसविरुद्धको सङ्घर्षमा उत्रिएको उहाँले स्पष्ट पार्नुभयो ।


प्रकाशित : २०७७ माघ २६, सोमबार १६:१५