प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव : ‘ओली बा समूह खोल्नुस्’

[sharethis-inline-buttons]

लुदअ माघ २६, काठमाण्डौ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको समूहलाई चोइटिएको समूहको संज्ञा दिँदै ‘ओली बा समूह’ खोल्न सुझाव दिनुभयो ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय परिषद् बैठकलाई सोमबार काठमाण्डौमा सम्बोधन गर्दै नेता नेपालले प्रधानमन्त्री ओलीलाई आफूहरूले साधारण सदस्यताबाट समेत बर्खास्त गरिसकेकाले उहाँको नेकपासँग कुनै सम्बन्ध नभएको नेता नेपालले दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘चोइटिएको समूह पार्टीको मूल समूह हुन सक्ने कुरा भएन । केपी ओलीलाई अध्यक्षबाट निकालिसकेका छौँ । पार्टीको साधारण सदस्यबाट पनि बर्खास्त गरिसकेका छौँ । उनको अब नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० सँग कुनै सम्बन्ध रहेको छैन । उनलाई खोल्ने रहर छ भने नेकपा मन परेको छ भने नेकपा ओली गुट भनेर खोले हुन्छ । नेकपा मन परेको छैन भने अर्कै ओलीवादी समूह खोल्यो भने हुन्छ । ओली बा समूह खोल्दिए सबभन्दा राम्रो । ओली बालाई मन पराउनेहरू उतै जान्छन् । जहाँ नेकपा पार्टी छ, जहाँ हामी छौँ त्यहाँ सूर्य चिह्न आउँछ । अरू कसैले खोस्न सक्तैन ।’

उहाँले विभिन्न आन्दोलनले सामन्तवादलाई परास्त गरे पनि पुरानै शैलीमा हिँड्ने बानी कायमै रहेकाले केपी ओलीले संविधान र लोकतन्त्रमाथि प्रतिगमन गरेको भन्दै उहाँले आफूहरूको सङ्घर्ष व्यक्तिभन्दा पनि सामन्तवादी प्रवृत्तिविरुद्धको भएको स्पष्ट पार्नुभयो । उहाँले अहिलेको सङ्घर्षलाई ओली र आफूहरूबीचको निजी लडाइँका रूपमा नलिइ ओली प्रवृत्तिविरुद्धको लडाइँका रूपमा बुझ्न आग्रह गर्नुभयो ।


प्रकाशित : २०७७ माघ २६, सोमबार १६:१६