उद्योग वाणिज्य संघ निर्वाचन अपडेट : मतगणना सुरु

लुदअ कपिलवस्तु, माघ २७
कपिलवस्तु उद्योग वाणिज्य संघको ७ औँ अधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि निर्वाचन सकिएको छ । संघको प्राङ्गणमा रहेको बुद्धरंगशालामा मतदान सम्पन्न भएको हो । १४ औँ बार्षिक साधारण सभा सम्पन्न भए पनि सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन हुन नसकेपछि संघको नयाँ कार्यसमिति चयनका लागि आज चुनावी प्रक्रिया अपनाइएको थियो । निर्वाचन मण्डलका अनुसार कुल १६ सय २५ मतदाता रहेकोमा जम्मा ९५ प्रतिशत बढी मत खसेको छ ।

वडा नं.४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्रीले मतदान गरेसंगै मतदान सकिएको हो । मंगलवार (बजार बन्द हुने दिन) भएकाले पनि उत्साहजनक रुपमा मतदान भएको प्रमुख निर्वाचन अधिकृत रविराज आचार्यले जानकारी दिएका छन् ।

मुख्य गरी दुई प्यानलमा सहमतिको प्रयास विफल भए पछि चुनाव तय गरिएको हो । अब केहि समय पछि मतगणना सुरु गरिने निर्वाचन मण्डलले जानकारी दिएको छ । केहि समय अगाडि बाट मतगणना सुरु भएको छ । उद्योग वाणिज्य संघको भवनमा मतगणना भईरहेको जानकारी प्राप्त भएको छ ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *