कपिलवस्तु उद्योग वाणिज्य संघको ८ औँ अध्यक्षमा डोलकराम घिमिरे निर्वाचित

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, माघ २८
कपिलवस्तु उद्योग बाणिज्य संघले आठौँ अध्यक्षको रुपमा लोकतान्त्रिक प्यानलका डोलकराम घिमिरे विजयी भएका छन् ।
संघको मंगलबार भएको निर्वाचनपछि भर्खर मात्र आएको नतिजामा उनले प्रगतिशिल प्यानलका टोपनारायण बेलबासेलाई झिनो मत अन्तरले पराजित गर्दै ८ औँ अध्यक्षमा निर्वाचित भएका हुन् ।

यद्यपि निर्वाचन मण्डलले यसको आधिकारिकता घोषणा गर्न बाँकी छ ।
विस्तृत जानकारी भने निर्वाचन मण्डलले सार्वजनिक गरे पछि मात्र आउनेछ, जस्को लागि लुम्बिनी दर्पण अनलाईन हेर्दै गर्नुहोला ।


प्रकाशित : २०७७ माघ २८, बुधबार ०४:४५