लुम्बिनी प्रदशमै पहिलो पटक हिलवर्ट राष्ट्रिय महिला भलिवल च्याम्पियन्स कपिलवस्तुमा, आउनुहोस् फागुन २, ३ र ४

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ कपिलवस्तु, २८ माघ
संस्थागत विद्यालयले आयोजना गरेको लुम्बिनी प्रदेशमै पहिलो पटक राष्ट्रिय महिला भलिवल प्रतियोगिता कपिलवस्तुमा हुने भएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर २ पिपरा स्थित हिलवर्ट इङलिस बोर्डिङ स्कुलको आयोजनामा ‘प्रथम हिलवर्ट राष्ट्रिय महिला भलिवल च्याम्पियन्स–२०७७’ हुने भएको हो । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, सबैको लागि खेलकुद’ भन्ने मूल नाराका साथ फागुन २, ३ र ४ गते विद्यालयको प्राङगणमा प्रतियोगितामा हुन लागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । प्रदेशमै संस्थागत विद्यालयले आयोजना गरेका खेलकुद प्रतियोगिता मध्ये सबै धेरै धनराशिको खेलकुद प्रतियोगिता रहेको विद्यालयले दावि गरेको छ । विद्यालयका अध्यक्ष दीपक खनालका अनुसार प्रतियोगितामा नेपालमै चर्चित क्लवहरु न्यु डायमण्ड, ढोरपाटनका साथमा स्याङजा, दाङ लगायतका जिल्लाबाट ८ टिमसहित खेलाडी आउने खनालले बताए ।

प्रतियोगितामा विभागिय खेलाडीले पनि सहभागिता जनाउने छन् । विद्यालयका प्रवन्ध निर्देशक बुद्धि पौडेलका अनुसार प्रतियोगितामा विद्यालयतर्फ रुपन्देहीका कुँवरवर्ति बोर्डिङ तिलोत्तमा, बुटवलका एभरेष्ट, होराइजन लगायतका टिमले सहभागिता जनाउने छन् । प्रतियोगिता लिगकम नकआउटमा हुने छ । पत्रकारका जिज्ञासाको जवाफ दिंदै कपिलवस्तु जिल्लामा महिला भलिवलको विकास गर्न पहिलोपटक राष्ट्रिय खेल आयोजना गरिएको अध्यक्ष खनालले बताए ।

खेलको प्रचार प्रसार, कोर्ट निर्माण तथा अन्य तयारीका कामहरु द्रुत ढंगबाट भइरहेको विद्यालयले जनाएको छ । प्रतियोगिताको विजेताले नगद १ लाख, उपविजेताले ७० हजार, तृतीयले ४० हजार तथा सान्तवना स्थान हासिल गर्ने टिमले २० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् । प्रतियोगितामा बाणगंगा नगरपालिकाले सहयोग गरेको छ भने मुख्य प्रायोजकमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क जितपुर शाखा रहेको छ । प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख रुपैयाँ लाग्ने पनि विद्यालयले जनाएको छ । विद्यालयस्तरमा महिला भलिवल खेल विकासमा यो प्रतियोगिता कोशेढुङ्गा सावित हुने विद्यालयले अपेक्षा गरेको छ ।

बिद्यालयका अध्यक्ष दिपक खनालको अध्यक्षता, प्रबन्ध निर्देशक बुद्धि पौडेल, प्रिन्सिपल कमल पौडेल, राष्ट्रिय रेफ्री किसन चन्द, रुद्र थापा, रोशन चन्द, बुद्धि बस्याल, राम बहादुर थापा, भरत थापा, प्रदेश रेफ्री आकाश बेल्बासे, सुजन थापा क्रियाशिल सञ्चारकर्मीहरु लगायतको आतिथ्यता रहेको पत्रकार सम्मेलन खेल प्रचार प्रसार संयोजक चन्द्रकान्त न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

 


प्रकाशित : २०७७ माघ २८, बुधबार १२:३८