
लुदअ माघ २९, बुटवल
नेपाल कम्युनिष्ट पार्टी नेकपाका ओली समुहका लुम्बिनी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलले फागुन १ गतेको बुटवलको सभा ऐतिहासिक हुने बताएका छन्। उनले सभामा २ लाख मानिस उपस्थित हुने दाबी गरे ।
सभाको बारेमा जानकारी दिन विहिवार बुटवलमा आयोजित कार्यक्रममा पोखरेलले भने ‘जनताको समर्थन र जनताको अपेक्षा के छ भन्ने बारे बुटवलको माध्यमबाट राष्ट्रलाई सुनाउन चाहान्छौं, देखाउन चाहान्छौ’ उनले भने ‘जनपरिचालन कस्तो हुन्छ। जनपरिचालन कस्तो हुँदो रहेछ त्यो पनि बुटवलमा देखिन्छ।’
बुटवलको सिद्देश्वर मैदानमा हुने सभामा रुपन्देहीका एक लाख र रुपन्देही बाहेकका अरु जिल्लाबाट एकलाख जनता उतार्ने पोखरेलले जानकारी दिए । पोखरेलले प्रधानमन्त्रीलाई कम्जोर पार्ने षडयन्त्र गरेकाले जनतामा जान परेको बताए । उनले प्रतिनिधि सभा विघटन विवादको विषय नभई विबादको परिणाम भएको उल्लेख गरे । उनले अहिलेको राजनीतिक संकटलाई चुनावबाट हल गर्ने बताए ।