लुदअ कपिलवस्तु, माघ ३०
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) जिल्ला कार्यालय कमिटी कपिलस्तुको बैठक बाणगंगा ८ चप्परगाउमा बसेको छ।
कमिटिका संयोजक बाबुराम अर्यालको अध्यक्षता, अनेरास्ववियू केन्द्रिय स्थायी कमिटि सदस्य श्याम प्रकाश प्रजापतिको प्रमुख अतिथ्यता, अनेरास्ववियू केन्द्रिय सचिवालय सदस्य टुकलाल गैरेको विशेष आतिथ्यतामा बसेको बैठकमा जिल्लामा उपलब्ध अनेरास्ववियू केन्द्रिय सदस्यहरु, उज्वल अधिकारि, इन्दिरा पौडेल, रतन बिक, वाजिद वलि, दिनेश चौधरि, रबिन्द्र पौडेल लगायतको आतिथ्यता र कार्यालय सदस्यहरुको उपस्थितिमा बैठक सम्पन्न भएको हो बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनि प्रदेशले प्रधानमन्त्री केपि ओलिले सम्बोधन गर्ने गरि यहि फाल्गुन १ गते बुटवलमा आयोजना गरेको बृहत जनसभामा अनेरास्ववियू कपिलवस्तुले उल्लेखनीय रुपमा बिद्यार्थी उपस्थिति गराउने निर्णय गरेको छ ।
जस अनुसार पार्टीसंग समन्वय गरि पहिचान सहित बिद्यार्थी हरु जनसभामा सहभागी हुने निर्णय पनि गरिएको छ । त्यसैगरि अनेरास्ववियू केन्द्रिय स्थायी कमिटिको यहि माघ २८ को बैठकको निर्णय बमोजिम कपिलवस्तुमा यहि फाल्गुन ७ गते बाणगङ्गामा बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको अनेरास्ववियु कपिलवस्तुले जनाएको छ।
त्यसै गरि अनेरास्ववियूको विविसवि अभियानलाइ सफल पार्ने, विद्यालय देखि विश्वविद्यालय सम्म संगठन विस्तार गर्ने अभियान अनुसार सचिवालयको बैठक बसेर जिम्मेवारी प्रदान गरि उक्त अभियान सफल पार्ने निर्णय गरेको हो।
बैठकले यहि माघ १९ गते मोटरसाईकल दुर्घट्नामा परि घाइते हुनुभएका संगठन जिल्ला संयोजक अर्याललाई शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेको छ। बैठकमा प्रमुख अतिथि अनेरास्ववियू केन्द्रिय स्थाइ कमिटि सदस्य श्याम प्रकाश प्रजापतिले मन्तव्य राखेका थिए । बैठक सह संयोजक दयाराम पौडेलको सन्चालनमा सम्पन्न भएको हो।