
लुदअ फागुन १, काठमाण्डौ
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टका हत्यारा छिट्टै पक्राउ पर्ने बताउनुभएको छ । बुटवलमा भएको आमसभामा ओलीले निर्मला र भागरथीको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई कुनै हालतमा पनि पक्राउ गरेरै छाड्ने बताउनुभयो ।
‘हत्यारालाई पानी मुनि गए पनि छोडिने छैन, विश्वका कुनै पनि कुनामा भागेर गएको भए पनि छाडिने छैन, केहि समयभित्रै हत्याराहरु पक्राउ पर्नेछन्,’ ओलीले भन्नुभयो ।
हत्याराहरु दुईरचार दिन भागे पनि एक वर्ष कतै लुके पनि पक्राउ गरेरै छाड्ने र उनीहरुको सजाय नघट्ने प्रधानमन्त्री ओलीको दाबी छ ।