
लुदअ अर्घाखाँची, फागुन २
सिमलपानीको वाणगंगा खोलामा पक्की पुल बन्ने भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले पुलको शिलान्यास गरेका हुन् । मन्त्री रायमाझीले तोकिएकै समयभित्र पुल बन्ने र पुल बनेपछि यस क्षेत्रका नागरिकलाई आवत जावत गर्न सजिलो हुने भन्दै ढुक्क हुन नागरिकलाई आग्रह गरे ।
पुल निर्माणको जिम्मा रौतहा धुलिखेल सुगन जे.भि. कम्पनीले लिएको छ । पुलको लम्बाइ ७५.१५ मिटर, चौडाइ बढी लामो १२ मिटर चौडाईको डबल गाडि हिँड्ने पक्की पुल निर्माण हुनेछ। पुल निर्माणका लागि कुल लागत ९ करोड ८० लाख १६ हजार २ सय १ रूपैयाँ ९९ सय पैसा रहेको छ ।
गत २०७७ साल भदौ ९ गते सम्झौता भई मिति २०७९ साल फाल्गुन ८ गते (३० महिना भित्र) पुल निर्माणको काम सक्नुपर्ने गरी काम अघि बढेको सडक डिभिजन शिवपुर कार्यालयका प्रमुख रामकुमार दियोले बताए । दियोका अनुसार फटाफट काम भएमा २ वर्षभित्रमा पुलनिर्माणको काम सम्पन्न हुनेछ ।