कोरोना महामारीमा देशको स्वास्थ्य संरचनामा उल्लेखनीय प्रगति

लुदअ फागुन ४, काठमाण्डौ
कोरोना महामारीका कारण देशको स्वास्थ्य संरचनामा उल्लेखनीय प्रगति भएको छ ।
महामारी नियन्त्रणका लागि आवश्यक भौतिक, प्राविधिक तथा जनशक्ति जुटाउने क्रममा स्वास्थ्य संरचनामा उल्लेखनीय प्रगति भएको हो ।
सरकारले तीन वर्षमा गरेको उपलब्ध सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको प्रगति विवरणअनुसार अस्पताल र स्वास्थ्य चौकीमा ३८ दशमलव चार प्रतिशत शैय्या वृद्धि भएको छ । यसअघि अस्पताल र स्वास्थ्य चौकीमा ६ हजार चार सय ९० शैय्या रहेकोमा दुई हजार चार सय ९२ थप गरी आठ हजार नौ सय ८२ पुगेको छ ।

यस वर्षमात्रै तीन सय नौ वटा पालिकामा आधारभूत अस्पताल निर्माणको लागि शिलान्यास गरिएको छ । आउँदो दुई वर्षभित्र सम्पन्न हुने पालिका स्तरका अस्पतालमा थप आठ हजार शैय्या थपिनेछन् । यस्तै सघन उपचार कक्ष आईसीयू का चार सय र भेन्टिलेटरसहितको उच्च निर्भरताका दुई हजार शैय्या थप भएका छन् ।

यस्तै पीसीआर परीक्षण गर्न सकिने ८३ वटा प्रयोगशाला पनि स्थापना भएका छन् । महामारीका कहरमा व्यवस्था गरिएका यी संरचनाहरुले आउँदो दिनमा अरु रोगका बिरामीको उपचारका लागि पनि सहज हुने सरकारले जनाएको छ ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *