कांग्रेसको भदौमा महाधिवेशन गर्ने प्रस्ताव पेस

ByLumbini Darpan Online

६ फाल्गुन २०७७, बिहीबार ०१:२९ ६ फाल्गुन २०७७, बिहीबार ०१:२९ ६ फाल्गुन २०७७, बिहीबार ०१:२९

लुदअ फागुन ६, काठमाण्डौ
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा आउँदो भदौमा १४ औँ महाधिवेशन गर्ने प्रस्ताव पेस भएको छ ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले आउँदो भदौ ७ गतेदेखि १० गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिमा पेस गर्नुभएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । बुधबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकको बारेमा पत्रकारहरूलाई जानकारी गराउँदै प्रवक्ता शर्माले २०७८ भदौ ७, ८, ९ र १० गते केन्द्रीय महाधिवेशन काठमाण्डौमा गर्ने प्रस्ताव पेस भएको बताउनुभयो ।

यस्तै गाउँ, नगरको वडा अधिवेशन असार २० गते, गाउँ नगरपालिकाको अधिवेशन असार २२ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार २७ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार ३० गते र प्रदेश अधिवेशन साउन ६ गते गर्ने प्रस्ताव पनि केन्द्रीय कार्यसमितिमा पेस भएको छ ।

पाँच वर्षमा महाधिवेशन गर्न नसकेपछि कांग्रेसले संविधानमा व्यवस्था भएअनुसार ६ महिना म्याद थप गर्नका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो । बैठक बिहीवार दिउँसो तीन बजे पनि बस्ने छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *