रुपन्देहीको तिलोत्तमा ११ मा बसको ठक्करबाट एक जनाको मृत्यु ,एक घाईते

मणिग्राम
प्रकाश गौतम
रुपन्देहीको तिलोत्तमा ११ कुमारीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ , एक जना घाईते भएका छन् । आज विहान साढे ५ वजे शान्ती नमुना माध्यमिक बिद्यालयकोे बसको ठक्करबाट मर्निग वाकमा निस्किएका तिलोत्तमा नगरपालिका ११ बस्ने ३४ बर्षकि सुमन खौसिया र सोहि ठाउंकि आरती थापालाई ठक्कर दिएको हो । लु १ क ८२४ नंका बसको ठक्करबाट सुमन खौसियाको मृत्यु भएको र सोहि ठाउंकि आरती थापा घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको क्रीमशन अस्पताल मणिग्राममा उपचार भईरहेको छ । घाईतेको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ । विपरित दिशाबाट गएको टकले झुक्याएका कारण बसदुर्घटना भएको भनिएपनि अनुसन्धान भैरहेकोप्रहरीले जनाएको छ ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *