
लुदस, कपिलवस्तु ।
लुम्बिनी दर्पण मिडिया प्रा.लिद्धारा संचालित लुम्बिनी दर्पण अनलाईन राष्ट्रिय साप्ताहिक र अनलाईन टि.भि रुपन्देहीबाट पनि एक साट प्रकाशन प्रशारण हुने भएको छ । फागुन ९ गते बाट रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कार्यालय स्थापना गरि शाखाको सुरुवात हुने भएको हो ।
लुम्बिनी दर्पण पत्रिकाका प्रकाशक मोहन वेल्वासे र लुम्बिनी मिडिया हव प्रा.ली का प्रमुख प्रकाश गौतमका बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । लुम्बिनी दर्पण साप्ताहिक २०७४ सालबाट निरन्तर प्रकाशित हुँदै आएको पत्रिका हो । शान्तिका अग्रदूत भगवान गौतमबुद्धको गृह नगरी कपिलवस्तु लगाएत लुम्बिनी प्रदेशका सबै नागरिकहरुको आधारभूत अधिकारको विषयलाई स्थापित गर्दै सामाजिक रुपमान्त्रणको क्षेत्रमा क्रियाशिल रहने यो पत्रिका नेपाल सरकारद्धारा मान्यता प्राप्त ख बर्गमा सुचिकृत रहेको छ ।
सत्यतथ्य, निश्पक्ष समाचार मनोरञ्जन, अन्र्तवार्ता लगाएत विभिन्न खोजमूलक सामग्रीहरु प्रस्तुत गर्दै आएको यो पत्रिका लोकतन्त्र र विधिको शासनको पथमा निरन्तर अविचलित र अविराम यात्रामा रहेको दर्पणका सम्पादक हरि अधिकारीले बताए । निश्पक्ष निडर र स्वतन्त्र पत्रकार, समाचारमूलक सामग्री र विचार प्रवाह गरेकै कारण लुम्बिनी दर्पण नेपाली संचार जगतमा मूलधारको रुपमा स्थापित भएको प्रकाशक वेल्वासेले जानकारी गराए । पत्रिकाले जिम्मेवार पत्रकारीताको उदाहरण प्रस्तुत गर्दै मुलुकको समसामयिक, राजनितिक, आर्थिक,सामाजिक लगाएत विभिन्न क्षेत्रमा समाचार विचार आदी पस्कदै आएकोछ । स्थापना कालदेखि नै समाचारमा लुकेका पाटोहरुलाई जागरण गर्दै खोजी समाचारलाई विशेष प्राथामिकता दिदै आएको पत्रिकाले विभिन्न विषयतग क्षेत्रका विचार र अभिव्यक्तिहरु प्रस्तुत गरी समसामयिक विषयमा आम जनमानसहरुलाई सुसुचित गर्दै आलोचनात्मक बहसमा लैजाने गरेको छ । लुम्बिनी दर्पण समकालिन नेपाली पत्रकारीतामा अग्रपंक्तिमा उभिन सकेको दर्पणका समाचार संयोजक राजेन्द्र खनालले बताए ।
लुम्बिनी दर्पण पत्रिका लुम्बिनी प्रदेशका सबै जिल्लामा केन्द्रित गर्ने उद्धेश्यले रुपन्देही शाखा मार्फत नवलपरासी, पाल्पा र गुल्मीको जिम्मेवारी तय गरिएको छ भने कपलवस्तु स्थित कार्यालयबाट प्रदेशका अन्य जिल्लामा पहुँच स्थापित गर्ने उद्धेश्य रहेको पत्रिकाको प्रकाशन मंण्डलले बताएको छ । कपिलवस्तु र रुपन्देही बिचको समझदारीले लुम्बिनी दर्पणको हाल पहुँच नपुगेको स्थानमा समेत पहुँच स्थापित हुने अपेक्षा लिएको छ । त्यस्तै रुपन्देहीका ग्रामिण क्षेत्रका नागरिकको हातमा समेत पत्रिका पुग्ने र जसका कारण नागरिकको सूचना पाउने हक स्थापित हुनेमा पत्रिकाका रुपन्देही प्रमूख प्रकाश गौतमले बताए ।