
बुटवल फागुन १०
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको दाङको राप्ती नदीको पुलको सिलालेख तोडफोड भएको भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ १२ गते लुम्विनी प्रदेशको राजधानी तोकिएका दाङका राप्ती गाउँपालिका र गढवा गाउँपालिका जोड्ने पुलको प्रधानमन्त्रीले केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।
शिलालेख तोडफोड भएको खवर स्थानीयले सनिवार मात्रै प्रहरीलाई दिएका थिए तर उक्त शिलालेख ४ ,५ दिन अघि नै तोडफोड भएको स्थानीयको भनाई छ ।
शिलालेख कस्ले र किन तोडफोड गरेको हो भन्ने कुरा खुलि सकेको छैन । सनिवार र आईतवार दिनभर लगाएर खोजी गरेको भएपनि प्रहरीले तोडफोड गर्नेहरुको पत्तो पाउन सकेको छैन ।
लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले ‘शिलालेख तोडफोड र चोरीले बिकाशका आयोजनाको प्रतिफल समाप्त नहुने दाबि गरेका छन।
झन्डै एक अरब लगानीमा निर्मित पुल ८ सय ६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको छ ।
यो नेपालकै दोस्रो लामो पुल हो । यसले राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने गर्छ ।यस अघि रुपन्देहीको मर्चवारमा उद्घाटनका लागि तयार गरिएको सिलालेख हराएको पनी हराएको थियो । सो सिलालेखको खोजि भैरहेको प्रहरिले बताएको छ ।