
लुदअ कपिलवस्तु, १२ फागुन
समाज बदल्ने ठुलो शक्ति महिलामा छ, घर राम्रो सँग सम्हाल्ने महिलाहरुले समाजलाई बदल्न आजैबाट लाग्नु पर्ने लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले भएको बताएका छन् । नेकपा लुम्बिनी प्रदेशका इन्चार्ज समेत रहनु भएका पोख्रेलले अनेमसंघ लुम्बिनी प्रदेशको भेला एवं कमिटि बिस्तार कार्यक्रमको समुद्घाटन गर्दै विहिवार पिस हिमालय रिर्सोट वाणगंगामा यस्तो बताएका हुन् । कानुन निति महिलाका पक्षमा बनेका छन तर नेतृत्व लिनका लागि महिलाहरु आफै शसक्त हुनु पर्ने उनले बताए । अबका दिनमा अनेमसंघले संगठनमा र पाटीमा भुमिका बढाउनु पर्ने उहाँले बताए । मुख्यमन्त्री पोखरेलले प्रतिनिधि सभा विघटन नगरेको भए पार्टी नेतृत्व र पार्टी एकताविरुद्ध गरिएका षडयन्त्रको भण्डाफोर गर्न नपाउने बताए । अब कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारलाई काम गर्न नदिएको र गैर कम्युनिष्टहरुको सरकार बनाउन खोजेको भन्दै अब जनतामा जाने पोखरेलले बताए ।
प्रचण्ड–माधव समूह गैरकम्युनिष्टको नेतृत्वको सरकार बनाउन दैला दैला चाहारेको भन्दै अब सांसद तान्ने खेल हुने र संसद विघटनको कदम सही हो भन्ने सबैले महसुस गर्ने पोखरेलले जिकिर गरे । सर्वोच्च अदालतको निर्णयले दुई वर्ष संगठन बनाउन अवसर पाएको बताए । अब पाटी उत्साहका साथ संगठन निर्माण गरेर जाने र आगामी चुनाव जितेरै छाड्ने उनको दाबी छ ।
कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा उद्योग विभाग प्रमुख राधा ज्ञवालीले पाटीको हरेक सम्रचनामा महिलालाई समावेश गर्नु पर्ने बताईन् । समसामयिक घट्ना क्रमलाई जनता समक्ष यथार्थ कुरा लिएर जाने उनले बताईन् ।
वन उद्योग तथा पर्यटन मन्त्री लिला गिरीले प्रतिनिधि सभा विघटन गर्न बाध्यात्मक परिस्थिती सृजना गरिएको बताए । निर्वाचित अध्यक्षलाई सडकबाट फाल्न खोजिएको बताउदै यर्थात् कुरा जनताले थाहा पाइसकेको बताए ।
पाटीका केन्द्रीय सदस्य सुजिता शाक्यले प्रधान मन्त्री केपी ओलीले महिलालाई अगाडि बढाउने काममा उलेख्य भुमिका खेलेको बताईन् । केपी ओली सरकारले इतिहासमै अरु सरकारले नगरेका काम गरेको बताईन् ।
कार्यक्रममा बोल्दै पाटीका केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेले अब उत्साहका साथ सरकारले गरेका राम्रा काम लिएर जनता सँग जाने बताए ।
केन्द्रीय सदस्य एवं कपिलवस्तु सहइन्चार्ज राष्ट्रिय सभा सदस्य विमला घिमिरेले कार्यकर्ता निराश नभई झन उत्साहका साथ काम गर्नु पर्ने बताईन् ।
अनेमसंघका केन्द्रीय सदस्य एवं सांसद सरस्वती गौतमको सहजिकरण संघका केन्द्रीय सदस्य एवं सांसद मैना भण्डारीको अध्यक्षता संघका केन्द्रीय सदस्य लक्ष्मी कोइरालाको स्वागतमा भएको कार्यक्रमा नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला संयोजक झविलाल पोख्रेलले समेत बोलेका थिए । कार्यक्रममा पाटीका केन्द्रीय नेता, सांसद र लुम्बिनी प्रदेश १२ जिल्लाका महिला नेतृहरुको उपस्थिती रहेको थियो । भेलाले महिलाको पक्षमा ९ वुदे घोषणा पत्र समेत जारी गरेको छ ।