लुदअ फागुन १४, काठमाण्डौ
काठमाण्डौको दक्षिणकाली नगरपालिका(६ मा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
हिजो बेलुका सवा सात बजे नाम्चेखानीबाट फर्पिङका लागि छुटेको बा २ क ४५५३ नम्बरको टिप्परको ठक्करबाट मकवानपुर भीमफेदी गाउँपालिका(८ का ३५ वर्ष सन्तलाल लुम्बाको ज्यान गएको प्रहरीले जनाएको छ ।
उहाँको गएराति पौने ९ बजे नेपाल मेडिसिटी अस्पतलामा ज्यान गएको हो । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।