लुदअ फागुन १४, म्याग्दी
म्याग्दीको बेनी नगरपालिका(४ फापरखेतमा बिहीवार राति भएको जीप दुर्घटनामा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।
मालिका गाउँपालिका(३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग १ ज ६७८८ नंको जीप सडकबाट म्याग्दी नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मालिका(३ का ६२ वर्षीय गोविन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा ज्यान गएको जानकारी दिनुभएको छ ।
रुखबाट लडेर घाइते भएका रोकालाई उपचारका लागि पोखरा लैजाँदै गरेको जीप दुर्घटना भएको हो । घाइते चालक मालिका(१ निस्कोटका ३० वर्षीय नरबहादुर रोकालाई थप उपचारका लागि पोखरा सिफारिस गरिएको छ ।
यसैगरी मालिका(३ पात्लेका २९ वर्षीय रवीन्द्र रोका, २० वर्षीया रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोकाको बेनी अस्पतालमा उपचार भइरहेको छ । चालकबाहेक मृतक र घाइते एकै परिवारका सदस्यहरु हुन् । तातोपानी प्रहरी चौकी, तातोपानी र पखेरका स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताउनुभयो ।