नेपाल शान्तिको युगमा प्रवेश :प्रधानमन्त्री ओली

[sharethis-inline-buttons]

बुटवल ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिको युगमा प्रवेश गरेको बताएका छन् । मुलुकमा अव हिंसात्मक आन्दोलन र त्यस अनुसारको कार्यदिशा अबलम्बन नगर्ने बताउँदै उनले देश शान्ति युगमा प्रवेश गरेको बताएका हुन् ।

नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बीच भएको ३ बुँदे सहमती पत्रमा हस्तार कार्यक्रममा संवोधन गर्दै उनले शान्ति प्रक्रियामा आएकोप्रति महासचिव विप्लवलाई बधाईसमेत ज्ञापन गरे ।नेपाल सरकारसँगको वार्ता सफल भएसँगै नेपाल कम्युनिष्ट पार्टीको सफल ल्याण्डिङ भएको उल्लेख गरे ।

वार्ता सफल हुनुलाई उनले ऐतिहासिक दिनका रुपमा लिएका छन् । यसैगरी उनले पक्राउ परेका विप्लव नेतृत्का नेता कार्यकताहरुलाई छुटाउने क्रम सुरु भएको जानकारी गराउँदै केही मुद्दामामिला भएपनि मिलाउने बताए ।


प्रकाशित : २०७७ फाल्गुन २१, शुक्रबार १०:२०