लायन्सको निः शुल्क शिविर संम्पन्न

[sharethis-inline-buttons]

भलवाड
मानविय सेवाका क्षेत्रमा उल्लेख्य काम गर्दै आएको लायन्स क्लव अफ कपिलवस्तुले शनिबार बाणगंगा नगरपालिकामा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

शुद्धोधन जनजीवन माविमा बाणगंगा ९ जिनुवामा संम्पन्न शिविरबाट २१० जना लाभान्वित भएका छन् ।

शिविरमा त्यस क्षेत्रका बालबालिकादेखि वृद्धवृद्धासम्मको बाक्लो उपस्थिति रहेको थियो ।

निशुल्क आँखा परीक्षण स्वास्थ्यकर्मी विपिन आचार्य, रिया थापा र विक्रम घिमिरेले आँखा जाँच गरी समस्याको सहजिकरण गरेका थिए ।
क्लवका अध्यक्ष सुरेन्द्र घिमिरे, वडाध्यक्ष धु्रव बेल्बासेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिविरबाट निकै लाभ लिएको भन्दै स्थानीयले खुसी पनि ब्यक्त गरेका छन् ।

कार्यक्रममा जोन चेयर पर्सन कृष्ण केसी, साना किसान सहकारी भलवाडका अध्यक्ष कुमार मधु बेल्बासे, समाजसेवी जित विकास रायमाझी र क्लवका पदाधिकारीको सहभागिता थियो । कार्यक्रममा लायन्स का पदाधिकारीहरुको सकृय सहभागिता रहेको थियो ।


प्रकाशित : २०७७ फाल्गुन २२, शनिबार १३:०२