२४ घण्टामा ६६ जनामा कोरोना सङ्क्रमण, अब ८ सय २५ सक्रिय सङ्क्रमित

लुदअ फागुन २३, काठमाण्डौ
पछिल्लो २४ घण्टामा देशभर ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
चार हजार एक सय ११ जनाको पीसीआर परीक्षण गर्दा ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७४ हजार सात सय २१ जना पुगेको छ ।

यस्तै गएको २४ घण्टामा ५८ जना निको भएसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या दुई लाख ७० हजार आठ सय ८६ जना पुगेको छ । अहिले नेपालमा आठ सय २५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएन । अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या तीन हजार १० रहेको छ ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *