Latest Posts

एक हप्ताभित्र मन्त्रिपरिषद विस्तार हुन्छ :नेता नेपाल

काठमाडौं ,आश्विन १ नेकपा...

आजबाट देशका विभिन्न शहरहरुमा सरकारको सहुलियत पसल

काठमाडौं, आश्विन १ सरकारले...

लुम्बिनी प्रदेश सरकारविरुद्ध ७९ वटा मुद्दा, ४१ सरेर आएका

रुपन्देही ,आश्विन १  ...

रक्तदान कार्यक्रम सम्पन्न

तिलोत्तमा, असोज १ तिलोत्तमा...

Latest Posts

एक हप्ताभित्र मन्त्रिपरिषद विस्तार हुन्छ :नेता नेपाल

काठमाडौं ,आश्विन १ नेकपा ९एकीकृत समाजवादी०का अध्यक्षमाधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषद विस्तार हुने बताएका छन् । काठमाडौंको मिनभवनमा पार्टीको केन्द्रीय कार्यालय उद्घाटनपछि संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले एकहप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन् । सरकारमा जान आफुहरु आज भने आज भोलि भने भोलि तयार रहेको उनले बताए । म प्रधानमन्त्री भएको भए ठ्याक्कै भनिदिन्थेँ, […]

Arv

l

महिला आन्दोलन सकिएको छैन्, स्वरुप मात्र परिवर्तन भएको हो : राष्ट्रिय सभा सदस्य घिमिरे

लुदअ कपिलवस्तु, फागुन २४

राष्ट्रिय सभा सदस्य विमला घिमिरेले महिला मुक्ती, महिला हक अधिकारका लागि थालिएको आन्दोलन समाप्त नभएको बताएकी छन् । उनले महिला आन्दोलन नसकिएको भन्दै आन्दोलनका स्वरुपहरु भने परिवर्तन भएको बताईन् । नारी दिवसको अवसरमा वाणगंगा नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्य घिमिरेले विगतको उपलब्धीलाई रक्षा गर्दै थप उपलब्धीका लागि लड्नुपर्ने बताईन् । अबको लडाई भान्सामा मात्र सीमित नभई राज्यका हरेक निकायमा महिलाको समान प्रतिनिधित्व र समान पहुचका लागि हुनुपर्ने धारणा राखिन् ।

अझैपनि पुरुषमा सामन्तवादी चिन्तन हावी भएको भन्दै पुरुषको तुलनामा महिलामा भने केहि कम रहेको र त्यसको अब अन्त्य गर्नुपर्नेमा जोड दिईन् । कानुनले तोकेको भन्दा अन्य निकायमा महिलाहरुको ३३ प्रतिशत सहभागीता नहुनु बिडम्बना भएको भन्दै अबको आन्दोलन राज्यका हरेक निकायमा महिलाको समान तथा निर्णायक सहभागितामा केन्द्रित हुनुपर्ने बिचार ब्यक्त गरिन् । राष्ट्रिय सभा सदस्य घिमिरेले महिलाले १८ घण्टा आफ्नो घरमा श्रम गरेपनि त्यसको कुनै मुल्याङकन नहुने गरेको भन्दै महिलाले घरमा गरेको श्रमको मूल्य राष्ट्रिय आयसंग जोडिनुपर्ने बताईन् । संबिधानमा महिलाका लागि उल्लेख गरिएका हक अधिकारहरु कार्यन्वयन हुन नसकेको भन्दै अब संबिधानको कार्यन्वयनमा जोड दिनुपर्ने बताईन् ।

घिमिरेले नेपालमा महिला आन्दोलनको इतिहास गौरवपूर्ण रहेको भन्दै महिलाका मुद्धामा सबै महिला एकपुट भएर लागेमा समस्याहरु केहि हद सम्म भएपनि निराकरण हुने बताईन् । घिमिरेले महिला दिवसको अवसरमा एक दिन कार्यक्रम तथा भाषण गर्दैमा परिवर्तन सम्भव नहुने भन्दै अब सबैले आफैबाट परिवर्तन सुरु गर्नुपर्ने बताईन् ।

घिमिरेले महिलाहरुले छोटो कपडा लगाएर बलात्कारका घटना बढे भन्नु अत्यन्त निकृष्ट सोच भएको भन्दै यस किसिमको चिन्तनलाई हटाउन आग्रह गरिन् । देशमा स्वान्त्रता भएपनि पछिल्लो समय छाडा स्वतन्त्रता बढेको भन्दै यसले झन जटिल समस्या निम्त्याउने बताईन् । यसका साथै महिलालाई सम्बोधन गर्दा पनि विभेदकारी शब्दको छनोट गरिएको भन्दै त्यस्को अन्त्य गर्नुपर्ने बताईन् ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *