
प्रकाश गौतम
तिलोत्तमा, फागुन २४ ।
तिलोत्तमा नगरपालिकाले श्रमिक महिलाहरुको लागि साईकल वितरण गरेको छ । १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नगरपालिकाले ५१ जना श्रमिक महिलाहरुलाई सोमबार साईकल प्रदान गरेको हो । श्रमिक महिलाहरुको सम्मानको साथैं उनीहरुको दैनिकीलाई सहज बनाउन सहयोग पुगोस् भनेर साईकल प्रदान गरिएको नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीले जानकारी दिनुभयो ।
श्रमिकको आर्थिक÷सामाजिक अवस्थाको आधारमा वडा कार्यालयको सिफारिस अनुसार प्रत्येक वडाका ३ जनाको दरले ५१ जनालाई साईकल प्रदान गरिएको नगरपालिकाले जनाएको छ । दिवसको अवसरमा नगरपालिकामा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश उपसभामुख कृष्णी थारुले श्रमिक महिलाहरुलाई साईकल हस्तान्तरण गर्नुभयो ।
दिवसकैं अवसरमा नगरपालिकाले ‘महिला सुरक्षा र रोजगार ः समृद्ध तिलोत्तमा निर्माणको आधार’ विषयक वक्तृत्वकला प्रतियोगितामा समेत सम्पन्न गरेको छ । १७ जनाले सहभागिता जनाएको प्रतियोगितामा चन्द्रा घिमिरे प्रथम, देवकी न्यौपाने द्धितीय, गीतारानी बराल तृतीय र कविता ज्ञवाली तथा प्रतिमा पन्तले प्रोत्साहन पुरस्कार प्राप्त गर्नुभएको छ । समुदाय स्तरका महिलाहरुले सहभागिता जनाएको प्रतियोगितामा महिलाहरुले आफूले भोगेका समस्याहरु समेत अभिव्यक्त गरेका थिए । प्रतियोगितामा ऋषिराम भुसाल, माया घिमिरे र मिनाक्षी न्यौपानेले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रममा प्रदेश उपसभामुख कृष्णी थारुले सकारात्मक व्यवहारले मात्र लैङ्गिक विभेद हट्ने बताउँदै परिवारबाटैं समानता कायम हुनुपर्नेमा जोड दिनुभयो । पहिलेको तुलनामा विभेद धेरै हटेको बताउँदै उहाँले राज्यले बनाएका नीति नियमको सहीँ कार्यान्वयनले विद्यमान विभेद पनि हटेर जाने विश्वास व्यक्त गर्नुभयो ।
तिलोत्तमा नगरपालिकाले समानतामुलक समाज निर्माण र यहाँका महिलाहरुमा उद्यमशीलताको विकास गराउन गरेका कामहरु प्रशंसनीय रहेको चर्चा गर्दै उहाँले सबैको एकताबद्ध प्रयासले मात्र समाजमा समानता कायम हुन सक्ने बताउनुभयो ।नगर प्रमुख बासुदेव घिमिरेले तिलोत्तमालाई लैङ्गिकमैत्री नगरपालिका बनाउन थालिएको जानकारी गराउँदै आगामी वर्षभित्र लैङ्गिकमैत्री र बाल मैत्री नगरपालिका घोषणका लागि सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । महिलाहरुले समान कामको समान ज्याला पाउनुपर्छ भन्नेमा नगरपालिका प्रतिबद्ध रहेको स्पष्ट पार्दै ज्याला नपाएको भए नगरपालिकामा जानकारी गराउन आग्रह गर्नुभयो ।
नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीले रुदीवादी चिन्तन र व्यहबार त्यागन सकेमात्र समतामूलक समाज निर्माण हुने बताउनुभयो । विगतमा भन्दा महिलाहरुको अवस्थामा परिवर्तन भएको उआँले बताउनुभयो ।
समान कामको समान ज्याला सम्बन्धी निर्णय तिलोत्तमा नगरपालिकाले यसअघि नैं गरिसकेको बताउँदै उहाँले यस बारेमा नगरपालिकामा कुनै उजुरी नआएको बताउनुभयो । उहाँले कसैले समान कामको समान ज्याला नपाएको भए सप्रमाण उजुरी दिन सम्बद्ध सबैलाई आह्वान गर्नुभयो । महिलाहरुमा सीप विकासको लागि नगरपालिकाले विभिन्न तालिमहरु आयोजना गर्दै आएको बताउँदै उहाँले तालिम लक्षित वर्गमा पुर्याउन पछिल्लो समय फरक अभ्यासबाट अघि बढिएको जानकारी दिनुभयो ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलको स्वागत, ईन्दिरा अर्यालको सञ्चालनमा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नगर सचिव लक्ष्मण खनाललगायतले बोल्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघ–संस्था, आमा समूह, क्लव, टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
दिवसकैे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन रुपन्देहीको आयोजनामा आज तिलोत्तमा ८ चार नंम्बरमा अन्तरकृया सम्पन्नभएको छ । कार्यक्रमका वक्ताहरुले अबको महिलाको लक्ष्य भनेको दयाले दिएको आरक्षित ३३प्रतिशत नभै प्रतिस्पर्धा गरेर ५०प्रतिशतमा पुग्नु रहेको बताएका हुन। शिक्षक संगठन रुपन्देहीका अध्यक्ष मोतीलाल सुबेदीको अध्यक्षतामा भएको अन्तत्र्रियामा संगठनका उपाध्यक्ष बिष्णु घिमिरे गौतम,सह सचिव कल्पना पाण्डे केन्द्रिय प्रतिनिधी किरण खनाल लगायतले आआफ्ना धारणा राख्नुभएको थियो । यसैबीच दाङ तुलसीपुर उपमहानगरपालिका कार्यालयले ५४ जना किशोरीलाई साईकल वितरण गरेको छ । आज १ सय ११औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी उपमहानगर भित्र रहेका सामुदायिक विद्यालयको कक्षा ८ देखी १२ सम्म अध्ययनरत किशोरीलाई साईकल वितरण गरिएको हो । बिद्यालय जानका लागी लामो समय सम्म पैदल हिड्नु पर्ने बाध्यता रहेका छात्राहरुलाई साईकल वितरण गरिएको हो । महिला बालबालिका तथा सामाजिक विकास शाखाले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख घनश्याम पाण्डेले किशोरीहरुलाई साईकल हस्तान्तरण गदै सुरक्षित यात्रा गर्न सहज पुग्ने बताउनु भएको छ ।