एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने प्रचण्ड–नेपाल पक्षको निर्णय

ByLumbini Darpan Online

२४ फाल्गुन २०७७, सोमबार १४:०३ २४ फाल्गुन २०७७, सोमबार १४:०३ २४ फाल्गुन २०७७, सोमबार १४:०३

लुदअ फागुन २४, काठमाण्डौ
पहिले (साविक) को नेकपाको प्रचण्ड–नेपाल समूह एमाले र माओवादी केन्द्रकै रूपमा अघि बढ्ने भएको छ । सोमवार बसेको स्थायी कमिटीको बैठकले एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने निर्णय गरेको हो ।

अब प्रचण्ड नेपाल समूहमा रहेका पूर्वएमालेका नेताहरू एमालेमै फर्कने भएका छन् भने माओवादी केन्द्रका नेताहरू माओवादी केन्द्रमै फर्कने भएका छन् । सोमवार चार घण्टा पेरिसडाँडामा बसेको स्थायी बैठकले सर्वोच्च अदालतको आदेशअनुसार अब पूर्व पार्टीमै फर्कने निर्णय गरेको हो ।

पूर्व एमालेका नेताहरूले अब एमालेमै फर्केर अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सङ्घर्ष गर्ने बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *