
काठमाडौं २०७७ फागुन २८। नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच वार्ता हुँदैछ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा सत्ता समीकरणबारे वार्ता गर्न लागिएको हो ।
जसपाले सत्ता सहकार्यका लागि सांसद रेशम चौधरीको रिहाई, कार्यकर्तामाथिको राजनीतिक मुद्दा फिर्ता, संविधान संशोधन लगायतका एजेण्डा अगाडी सारेको छ । बिहिबार जसपाले नेकपा एमालेसँग वार्ता गरेको थियो । जुन बैठक सकरात्मक भएको दुवै पक्षको भनाई छ । वार्ता शुक्रबार अपराह्न ४ बजे दुवै दलका शीर्ष नेताबीच हुन लागेको हो ।