Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित भए

काठमाडौं, साउन २० राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र...

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन

  काठमाडौं ,साउन २० ( सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० मा पहिलो दिनमा नै माग...

बालबालिकाका लागि जरुरी तीन कुरा

साउन २० हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा...

कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाको चापाकोट नगरपालिका दश दिन बन्द हुने

साउन २० कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।...

Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् । जावलाखेल क्वल ले निशानको सानै...

फेरी आन्दोलनको आंधिवेहरीका लागि तयार हुनुहोस प्रचण्ड

बुटवल २०६६ फागुन २८ । नेकपा ९माओवादी केन्द्रका० का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्दोलन गर्ने तयारीमा थालेको बताएका छन् । संविधान रक्षाका लागि फेरी अर्को क्रान्तिको आवश्यकता जनाउदै उनले सडक आन्दोलनमा जाने तयारीमा रहेको बताएका हुन् ।
राष्ट्रिय दलित पत्रकार संघको आजदेखि बुटवलमा सुरु भएको प्रथम अधिवेशन तथा भेलामा बोल्दै प्रचण्डले अर्को आन्दोलनको अधिवेहरी सिर्जना गर्ने बताएका हुन् । अब हुने आन्दोलन शान्तिपूर्ण हुने बताउँदै उनले सडक आन्दोलनका लागि तयार रहन आग्रह गरेका हुन् । वर्तमान राजनीतिक जटिल परिस्थितीमा आएको बताउँदै प्रचण्डले संविधानको रक्षा गर्ने कि हत्या गर्ने भन्ने विषयमा ठूलो बहस चलिरहेको बताए । अध्यक्ष प्रचण्डले आफूमाथि घेराबन्दी सुरु भएको समेत दाबी गरेका छन् । वृस्तित शान्ति सम्झौता र १२ बुँदे सहमतीको साक्षी पात्र भएकोहुँदा आफूमाथि घेराबन्दी सुरु हुन थालेको महशुस भइरहेको उनले बताए ।
मुलुकमा केही अनिष्ट हुने संकेत आइरहेको बताउँदै उनले केही शक्तिहरु परिवर्तनलाई उल्ट्याई छाड्ने कसरतमा लागिरहेको आरोप लगाए । अध्यक्ष प्रचण्डले भने ‘देशमा केही अनिष्ट हुँदै छ, हेर्दै जाउँ अझै के–के अस्वभाविक घटनाहरु देख्नुपर्ने हो ।’ विगतमा दलित तथा उत्पिडित वर्गहरुलाई साथमा लिएर आन्दोलनगर्दा प्राप्त उपलब्धिहरु गुम्न नदिन फेरी एकपटक आन्दोलनका लागि तयारी अवस्थामा रहन उनले आग्रह गरे । कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले वर्तमान सरकारले संविधानमाथि प्रहार गरिरहेको आरोप लगाए । प्रधानमन्त्री केपी शर्माओली नेतृत्वको सरकार गठन भएसँगै संविधानमा प्रहार गर्ने काम सुरु भएको उनको आरोप छ । दलित पत्रकारहरुको प्रथम अधिवेशनमा देशभरबाट उपस्थित प्रतिनिधिहरुका बीच बोल्दै नेता खाँणले सरकाले ल्याएको मिडिया विधेयक प्रेस स्वतन्त्रता र संविधानको विरुद्ध भएको बताए ।
सरकारले एकपछि अर्को संविधान विरोधी विधेयकहरु ल्याउने गरेको आरोप लगाउँदै उनले मुलुकमा प्राप्त उपलब्धिहरु खतरामा रहेको बताए । संविधान कसैले च्यात्न खोज्छ भने त्यो शक्ति आफै च्यातिएर जाने बताउँदै उनले संविधान रक्षाका लागि नेपाली कांग्रेस सधै तयार रहने उल्लेख गरे ।
राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष विनोद पहाडीको अध्यक्षतामा भएको प्रथम राष्ट्रिय अधिवेशनको अवसरमा दलित आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिहरुको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कार समेत वितरण गरिएको छ । देशभरका २ हजार बढी दलित पत्रकारहरुको प्रतिनिधित्व गर्दै बुटवलमा सहभागी ४ सय प्रतिनिधिहरुले आगामी कार्यकालका लागि नेतृत्व चयन गर्ने छ ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *