
बुटवल
फाल्गुन २८,
नेकपा (माओवादी केन्द्रका) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सडक आन्दोलनमा जाने तयारी थालिएको बताएका छन् । संविधान रक्षाका लागि फेरी अर्को क्रान्तिको आवश्यकता औल्याउँदै उनले सडक आन्दोलनमा जाने तयारीमा रहेको बताएका हुन् । राष्ट्रिय दलित पत्रकार संघको आजदेखि बुटवलमा सुरु भएको प्रथम अधिवेशन तथा भेलामा बोल्दै प्रचण्डले अर्को आन्दोलनको आँधिवेहरी सिर्जना गर्ने बताएका हुन् । अब हुने आन्दोलन शान्तिपूर्ण हुने बताउँदै उनले सडक आन्दोलनका लागि तयार रहन आग्रह गरेका हुन् । वर्तमान राजनीतिक जटिल परिस्थितीमा आएको बताउँदै प्रचण्डले संविधानको रक्षा गर्ने कि हत्या गर्ने भन्ने विषयमा ठूलो बहस चलिरहेको बताए । अध्यक्ष प्रचण्डले आफूमाथि घेराबन्दी सुरु भएको समेत दाबी गरेका छन् । वृस्तित शान्ति सम्झौता र १२ बुँदे सहमतीको साक्षी पात्र भएकोहुँदा आफूमाथि घेराबन्दी सुरु हुन थालेको महशुस भइरहेको उनले बताए । कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले वर्तमान सरकारले संविधानमाथि प्रहार गरिरहेको आरोप लगाए । प्रधानमन्त्री केपी शर्माओली नेतृत्वको सरकार गठन भएसँगै संविधानमा प्रहार गर्ने काम सुरु भएको उनको आरोप छ । दलित पत्रकारहरुको प्रथम अधिवेशनमा देशभरबाट उपस्थित प्रतिनिधिहरुका बीच बोल्दै नेता खाँणले सरकाले ल्याएको मिडिया विधेयक प्रेस स्वतन्त्रता र संविधानको विरुद्ध भएको बताए । सरकारले एकपछि अर्को संविधान विरोधी विधेयकहरु ल्याउने गरेको आरोप लगाउँदै उनले मुलुकमा प्राप्त उपलब्धिहरु खतरामा रहेको बताए । संविधान कसैले च्यात्न खोज्छ भने त्यो शक्ति आफै च्यातिएर जाने बताउँदै उनले संविधान रक्षाका लागि नेपाली कांग्रेस सधै तयार रहने उल्लेख गरे । देशभरका २ हजार बढी दलित पत्रकारहरुको प्रतिनिधित्व गर्दै बुटवलमा सहभागी ४ सय प्रतिनिधिहरुले आगामी कार्यकालका लागि नेतृत्व चयन गर्ने छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले षडयन्त्र जारी रहेकाले हाइअलर्टमा बस्न कार्यकर्तालाई निर्देशन दिएका छन ्। बुटवलमा शुक्रवार आयोजित कार्यकर्ता भेलामा दाहालले संसद पुनस्थापना भएर आफूहरुले एउटा व्याटल जितेपनि षडयन्त्र अझै जारी रहेको उल्लेख गरे । प्रचण्डले जो शक्तीसँग मिलेर संविधान लोकतन्त्र र निरंकुशताका विरुद्ध लडिएको थियो तिनिहरुसँग सहकार्य गर्नुपर्ने अवस्था अहिले पनि विद्यमान रहेको बताए । उहाँले आफूहरुलाई राजनैतिक रुपमा कुनै चिन्ता नरहेको बताएका छन ।