
फाल्गुन २८, तिलोत्तमा ।
रुपन्देहीको तिलोत्तमामा घरबाट खसेर एक युवाको मृत्यु भएको छ । नवलपुरको अरुण खोला स्थायी घर घई हाल तिलोत्तमा नगरपालिका–३ मा डेरा गरि बस्ने अन्दाजी १८ वर्षीय अनुप न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए । गयराती २ः१५ बजेको समयमा दुई तलाको घरबाट खसेर गम्भीर घाइते भएका न्यौपानेको उपचारको क्रममा ४ः१५ बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको थापाले बताए । उनी घरको छतबाट कसरी खसेका हुन भन्ने अझै नखुलेको थापाले बताए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।