ताजा अपडेट

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एमालेमा अध्यक्ष र महासचिव बाहेक सबै पद खारेज, नेपालको पनि जिम्मेवारी खोसियो

लुम्बिनी दर्पण २०७७ फाल्गुन २८, शुक्रबार १४:००
[sharethis-inline-buttons]
Image XYZ

लुदअ काठमाडौं, फागुन २८
नेकपा एमालेमा अध्यक्ष केपी ओलीले माधव नेपाल पक्षमाथि कार्वाहीको डण्डा चलाउनुभएको छ । माधव–झलनाथ पक्षलाई खबर नै नगरी शुक्रवार दुई पटक बसेको ओली पक्षीय बैठकले पार्टीमा माधव नेपालसहित उहाँपक्षीय नेताहरुको साबिक जिम्मेवारी खोसेको हो । २३ फागुनको सर्वोच्च अदालतको फैसलापछि ब्युँतिएको एमालेको केन्द्रीय कमिटी बैठक चैत्र १ मा बोलाइए पनि त्यसअघि नै आफूपक्षीय केही नेताको बैठक गरेर ओलीले नेपाल पक्षका नेतालाई पदाधिकारी र अरु जिम्मेवारीबाट बिमुख बनाउनु भएको हो ।

ओलीले पार्टीमा अध्यक्ष र महासचिव मात्र रहने गरी अरु सबै पदाधिकारी हटाउँदै आगामी मंसिरमा महाधिवेशन गर्ने मितिसमेत तोक्नुभएको छ । पार्टीलाई ओलीलाई टक्कर दिइरहनुभएका नेता माधव नेपाललाई विदेश विभाग प्रमुखबाट हटाएर उक्त जिम्मेवारीमा डा. राजन भट्टराईलाई तोकिएको छ । कार्वाहीको सिलसिला यत्तिमै रोकिएको छैन । शुक्रबार गरिएको निर्णयअनुसार, प्रदेश १ को इन्चार्जमा भीम आचार्यलाई हटाएर सुवासचन्द्र नेम्वाङ, बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा, कर्णाली प्रदेशको इन्चार्जमा युवराज ज्ञवालीलाई हटाएर मणि थापा र सुदूरपश्चिममा प्रदेशको इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको एक नेताले जानकारी दिए । आफूनिकट नेता इन्चार्ज रहेका प्रदेशहरुमा भने जिम्मेवारी यथावत तोकिएको छ ।

जसअनुसार प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा शंकर पोखरेल कायमै हुनुहुन्छ । असार २०७१ मा सम्पन्न नवौं महाधिवेशनबाट ओली एमालेको अध्यक्षमा निर्वाचित हुँदा उपाध्यक्षमा विद्या भण्डारी, बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्ट चुनिनु भएको थियो ।

३ जेठ २०७५ मा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपामा भने ओली र पुष्पकमल दाहाल अध्यक्ष तथा विष्णु पौडेललाई महासचिव बनाइएको थियो । ५ पुसमा प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि ओली र दाहाल पक्षमा विभाजित नेकपामा नेपाल–खनाल दाहाल पक्षतिर लाग्नुभएको थियो । तर २३ फागुनमा सर्वोच्चले ओली–दाहाल अध्यक्ष रहेको नेकपाको नाम अर्को दलसँग जुधेको भन्दै खारेज गर्दै एमाले र माओवादी ब्युँताउने फैसला गरेको थियो ।

यस्तोमा नेपाल–खनाल पक्षले पूर्ववत एमालेमै फर्कने निर्णय गरेका थिए । तर केन्द्रीय कमिटी बस्ने सम्मुखमा ओलीले नेपाल पक्षमाथि कार्वाहीको डण्डा चलाउँदै जिम्मेवारी बिमुख बनाइदिनुभएको हो । आजको निर्णय अनुसार एमालेमा पदाधिकारीका रुपमा अब अध्यक्ष ओली र महासचिव इश्वर पोखरेल मात्र रहनु हुनेछ भने पार्टी प्रवक्ता प्रदीप ज्ञवालीलाई तोकिएको छ ।


प्रकाशित : २०७७ फाल्गुन २८, शुक्रबार १४:००

लुम्बिनी दर्पण

लेखकबाट थप

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी
  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त
  • एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन
  • विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।
  • परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य
प्रतिक्रिया

यो पनि पढौँ

परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

द्वन्द्वपीडितहरूको अपिलः आयोगको नियुक्ति त्यागेर पीडितलाई सघाउनुहोस्

मोहन बस्नेतको सांसद पद निलम्बन

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

लुम्बिनीकी जनमत पार्टीकी सांसद गीता गुरुङले दिइन् राजीनामा

हामीले कुरा गरेपछि भारत र पाकिस्तानबीच हात हालाहाल रोकियो – प्रधानमन्त्री ओली

कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा

संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्छ – अध्यक्ष प्रचण्ड

राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटीको प्रथम पुर्ण बैठक सम्पन्न, महत्वपुर्ण निर्णय

राजसंस्था पुनर्स्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन

भारत(पाकिस्तानबीच विकसित घट्नाक्रमबारे सुरक्षा परिषद् बैठकमा समीक्षा

भर्खरै

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

  • एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

  • विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

  • परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

  • कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

  • सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

  • कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

  • राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

  • ‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech