ताजा अपडेट

सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

राष्ट्रिय युवा संघ बाणगंगा नगर कमिटीद्धारा स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

मोहन बस्नेतको सांसद पद निलम्बन

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

बिहारबाट दिल्ली जाँदै गरेको बसमा आगलागी, ५ जनाको मृत्यु

नागढुंगामा प्रहरी जवान कुट्ने ट्राफिक इन्सपेक्टर जिम्मेवारीबाट हटाइए

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

धुम्बाराहीमा ओली र माधव पक्षबीचको छलफल सकियो, फागुन २८ को निर्णय फिर्ता

लुम्बिनी दर्पण २०७७ चैत्र २, सोमबार ०८:५६
[sharethis-inline-buttons]
Image XYZ

नेकपाका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल सकिएको छ। दुवै समूहबीच करिब २ घन्टा लामो छलफल चले पनि विवाद समाधानको निश्कर्ष भने केही निस्केको छैंन। छलफल सकारात्मक भएको दुवै पक्षका नेताहरूले बताएका छन्।
प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच करिब ४ महिनापछि भेटवार्ता भएको हो। सोमबारको छलफलमा दुवै पक्षबाट मन माझ्ने र तितो पोख्ने काम भएको छ। बैठकमा नेपाल पक्षले फागुन २८ गते ओली पक्षले गरेको नेपाललगायतका पदाधिकारी हटाउने एकलौटी निर्णय खारेज हुनुपर्ने र त्यसपछि मात्र छलफल अघि बढ्ने अडान राखेका थिए।

प्रधानमन्त्री ओलीले छलफलका लागि नेपाल पक्षलाई बालुवाटार बोलाएका थिए । तर, नेपाल पक्षले बालुवाटार नजाने अडान लिएपछि प्रधानमन्त्री ओली धुम्वाराही आएका थिए।एमालेका उपाध्यक्ष भीम रावलले फागुन २८ को निर्णय फिर्ता भएपछि थप वार्ता हुने बताए। उनले भने, वामपन्थी सम्पूर्ण शक्ति एकतावद्ध हुनुपर्छ। नेकपा एमालेलाई विभाजन हुने कुनै पनि क्रियाकलापको हामी विरुद्धमा छौं। पार्टीको विधान, प्रणाली र औपचारिक गतिविधिबाट नभएका निर्णयहरु मान्य हुने छैनन्। २८ गते भएको बैठकको निर्णयलाई स्थगित गरिनुपर्छ।ु
बैठकमा सहभागी रघुजी पन्तले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए। ुवार्ता सौहार्यदपूर्ण भयो। सकरात्मक भयो। एकअर्काका कुरा सुन्ने, बुझ्ने काम भयो,’ उनले भने, ‘हामीले आफ्ना अडान राख्यौं। अब प्रधानमन्त्रीले यसलाई सकारात्मक तरिकाले अगाडि बढाउनुहुन्छ भन्ने अपेक्षा लिइएको छ।ु
पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ सहभागी भएका थिए। अर्को समूहबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्तलगायत सहभागी भएपनि वरिष्ठ नेता झलनाथ खनाल भने उपस्थित भएनन्।
अध्यक्ष ओलीले यही चैत ७ गते केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन् भने नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्दै छ । दुवै पक्षले फरकफरक रुपमा भेला र बैठक आयोजना गर्दा विभाजन झन् जटिल हुने खतरा देखिएपछि दुवैतिरका तटस्थ नेताहरूको पहलमा धुम्बाराही बैठकको पहल गरिएको हो। धुम्बाराही बैठकपछि दुवै पक्षका नेताहरू समझदारी र एकताको खाका कोर्न आन्तरिक गृहकार्यमा व्यस्त भएका छन्।


प्रकाशित : २०७७ चैत्र २, सोमबार ०८:५६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • मोहन बस्नेतको सांसद पद निलम्बन
  • तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न
  • तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न
  • बिहारबाट दिल्ली जाँदै गरेको बसमा आगलागी, ५ जनाको मृत्यु
  • नागढुंगामा प्रहरी जवान कुट्ने ट्राफिक इन्सपेक्टर जिम्मेवारीबाट हटाइए
प्रतिक्रिया

यो पनि पढौँ

राष्ट्रिय युवा संघ बाणगंगा नगर कमिटीद्धारा स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

मोहन बस्नेतको सांसद पद निलम्बन

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

बिहारबाट दिल्ली जाँदै गरेको बसमा आगलागी, ५ जनाको मृत्यु

नागढुंगामा प्रहरी जवान कुट्ने ट्राफिक इन्सपेक्टर जिम्मेवारीबाट हटाइए

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

भर्खरै

  • सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

  • राष्ट्रिय युवा संघ बाणगंगा नगर कमिटीद्धारा स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

  • मोहन बस्नेतको सांसद पद निलम्बन

  • तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

  • तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

  • बिहारबाट दिल्ली जाँदै गरेको बसमा आगलागी, ५ जनाको मृत्यु

  • नागढुंगामा प्रहरी जवान कुट्ने ट्राफिक इन्सपेक्टर जिम्मेवारीबाट हटाइए

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

  • श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech