काठमाडौं २०७७ चैत्र २
नेपाल कम्युनिस्ट पार्टी ९एमाले० का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीसँगको छलफलमा फागुन २८ गतेको बैठक वैधानिक नभएको र त्यसलाई शून्य अवस्थामा राख्नुपर्ने बताएका छन्। सोमबार बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले आफूले राखेको विषय प्रधानमन्त्री ओलीलाई स्वीकार्य नभएको प्रतिक्रिया दिए।
ुहामी एउटै हौुं, उनले भने, ुपूर्व एमाले जुन स्थानमा थियो संरचनाको हिसाबले पदाधिकारी, सदस्यहरुको हिसाबले फर्कौं । २८ गतेको बैठक वैधानिक छैन । त्यसलाई शून्य अवस्थामा पुर्याइदिऔं,उनले भने, सिंगो स्थितिको बारेमा बसेर छलफल गरौं भन्दा त्यो स्वीकार्य भएन।
नेकपाका अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपाल पक्षबीच करिब २ घन्टा लामो छलफल चले पनि विवाद समाधानको निष्कर्ष भने केही निस्केको छैंन। छलफल सकारात्मक भएको दुवै पक्षका नेताहरूले बताएका छन्।
प्रधानमन्त्री ओलीले छलफलका लागि नेपाल पक्षलाई बालुवाटार बोलाएका थिए । तर, नेपाल पक्षले बालुवाटार नजाने अडान लिएपछि प्रधानमन्त्री ओली धुम्वाराही आएका थिए । पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ सहभागी भएका थिए। अर्को समूहबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र घुजी पन्तलगायत सहभागी भएपनि वरिष्ठ नेता झलनाथ खनाल भने उपस्थित भएनन्।
अध्यक्ष ओलीले यही चैत ७ गते केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन् भने नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्दै छ । दुवै पक्षले फरकफरक रुपमा भेला र बैठक आयोजना गर्दा विभाजन झन् जटिल हुने खतरा देखिएपछि दुवैतिरका तटस्थ नेताहरूको पहलमा धुम्बाराही बैठकको पहल गरिएको हो। धुम्बाराही बैठकपछि दुवै पक्षका नेताहरू समझदारी र