
काठमाडौं,२०७७ चैत २
नेपालमा कोरोनाभाइरसका बिरामी ७९ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार ३११ आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ ।
नेपालमा ७९ जना सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ३१० पुगेको छ । यस्तै, नेपालमा ७५ जना निको भएको जनाएको छ । हालसम्म निको भएकाको संख्या दुई लाख ७१ हजार ४०१ पुगेको छ । मन्त्रालयले हाल ८९५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा कोही पनि कोरोना सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । । कोरोनाबाट हालसम्मनेपालमा तीन हजार १४ जनाको मृत्यु भएको छ । हाल ४४ जना क्वारेन्टिनमा छन् । हालसम्म २२ लाख १८ हजार ७२२ जनाको आरटीपीसीआर परीक्षण गरिसकिएको छ ।