आजको प्रतिनिधि सभाको बैठकस् शोक प्रस्ताव पारित, अर्को बैठक चैत ६ गते सम्मका लागि स्थगित

काठमाडौं, २०७७ चैत ३।
प्रतिनिधिसभाको आजको बैठक बसेको छ । बैठकमा शोक प्रस्ताव पास गर्दै चैत ६ गतेसम्मका लागि स्थगित भएको छ। बैठकले संविधान सभा सदस्य दिनेशचन्द्र यादवको निधन भएकोमा शोक प्रस्ताव पारित गरेको हो । आज बसकेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गरेका थिए। सांसदहरु डिला संग्रौला पन्त, मानबहानुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेलाई सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न मनोनयन गरिएको छ ।

यसैगरी सभामुखले अनुशासन उल्लंघन आरोपमा पदमुक्त हुनुभएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीको स्थानमा लीलादेवी सिटौला, ज्ञानकुमारी छन्त्यालको निधन भएपछि सुवर्ण ज्वारचन र सूर्यबहादुर केसीको निधन भएपछि मोहनप्रसाद पाण्डे समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य निर्वाचित भई शपथसमेत भएको जानकारी गराएका थिए ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *