
काठमाडौं, चैत ३।
नेपालमा पछिल्लो २४ घण्टामा ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। आज दुई हजार ७९० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ११४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यससँगे नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ४२४ पुगेको छ । यस्तै, नेपालमा ९४ जना निको भएको जनाएको छ । हालसम्म निको भएकाको संख्या दुई लाख ७१ हजार ४९५ पुगेको छ । मन्त्रालयले हाल ९१५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोही पनि कोरोना सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले उल्लेख गरेको छ । हालसम्म कोरोनाबाट नेपालमा ३ हजार १४ जनाको मृत्यु भएको छ। हाल ५५ जना क्वारेन्टिनमा छन् । हालसम्म २२ लाख २१ हजार ५१२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।