आज दुई हजार ७८१ आरटीपीसीआर परीक्षण,९४ जनामा कोरोना पुष्टि

[sharethis-inline-buttons]

काठमाडौं, २०७७ चैत ४
नेपालमा पछिल्लो चौबीस घण्टामा दुई हजार ७८१ आरटीपीसीआर परीक्षण गरिएकोमा ९४ जनामा कोरोना सङ्क्रमित थपिएका छन ।थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा ९४ जना सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ५१८ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, नेपालमा ५५ जना निको भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या दुई लाख ७१ हजार ५५० पुगेको छ । मन्त्रालयले हाल ९५४ जनामा भाइरस सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।


प्रकाशित : २०७७ चैत्र ४, बुधबार ११:४७