मनाङका केही स्थानमा यातायात सञ्चालन

मनाङ आश्विन १ माथिल्लो मनाङ, चामे र नासों गाउँपालिकाको खोत्रोसम्म यातायातका साधन सञ्चालनमा आएका छन्। गत असार १ मा मस्र्याङ्दी नदी र खोलानालामा आएको बाढीपहिराले ती क्षेत्रको यातायात अवरुद्ध भएको थियो । सोही बाढीपहिराले बेँसीसहर–चामे सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो। सो सडक खण्डको केही भागमा मर्मत तथा सम्भार...

१ हजार ८६ कोरोना संक्रमित थपिए, १ हजार ३५१ जना संक्रमणमुक्त, १० जनाको मृत्यु

काठमाडौँ,आश्विन १   पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ६६५ पीसीआर परीक्षणमा शुक्रबार थप १ हजार ८६ जनामा संक्रमण पुष्टि भएको हो ।एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ७२० परीक्षणबाट ४७२ जनामा पोजिटिभ पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा...

करेन्ट लागेर दुवियामा ४ भैसी मरे

लुदस, कपिलवस्तुको बुद्धभुमि नगरपालिका ३ दुविया करेन्ट लागेर ४ वटा माउ भैसी मरेका छन् । दुवियाका स्थानिय पवित्रा गैरे, पुरोत्तम गैरे, विष्णु खनाल, चोपलाल बेल्वासे, का ४ वटा माउ भैसी करेन्ट लागेर घट्ना स्थलमै मरेका हुन् । रेसिडेन्सीयल विधालयको बसले तार चुडाएपछी जंगल लैजादै गरेका भैसीलाई बाटोमा करेन्ट लागेको स्थानियले...

Latest Posts

छोराको अवस्था पत्ता लगाउन बावुले गरे मलेसियाबाट अनुरोध

लुदस, नवलपरासीको बर्दघाट सुस्ता...

राष्ट्रिय युवा संघ बाणगंगा ८ वडा कमिटि अधिवेशनको सम्पुर्ण तयारी पुरा

हरि आचार्य, कपिलवस्तु नेकपा...

मनाङका केही स्थानमा यातायात सञ्चालन

मनाङ आश्विन १ माथिल्लो...

Latest Posts

छोराको अवस्था पत्ता लगाउन बावुले गरे मलेसियाबाट अनुरोध

लुदस, नवलपरासीको बर्दघाट सुस्ता पश्चिम १४ कांग्रेसचोक घर भई हाल मलेसियामा रहेका अर्जुन चाप्कोटेले आफ्नो १४ वर्षिया छोराको अवस्थाबारे पत्ता लगाईदिन हार गुहार गरेका छन् । गत चैत्र १२ गते घरबाट हिडेको छोरा केही समयपछी विरगंज पुगेर फोन गरेको र सम्पर्क विहिन भएको भन्दै अवस्थाबारे खोजविन गरिदिन लुम्बिनी दर्पण मार्फत मानव अधिकारकर्मी प्रहरी र आम […]

Arv

l

आउदो बिहीवारदेखि कोरोनाका कारण बन्द वीरगन्जसहितका नाका औपचारिक रुपमा खुल्ने

वीरगन्ज२०७७ चैत्र ४
कोरोनाका कारण चैत १० गतेदेखि बन्द रहेका वीरगन्ज सहितका अन्तर्राष्ट्रिय स्थल नाकाहरु बिहीबारदेखि औपचारिक रुपमा खुल्ने भएका छन्। उपप्रधानमन्त्री ईश्वर पोखरेलले उच्चस्तरीय केन्द्रीय कोभिड(९ व्यवस्थापन केन्द्र ९सिसिएमसी० को बिहीबार बैठक बसेर नाकाहरु खोल्ने निर्णय गर्ने जानकारी दिएका हुन्।
यसअघि माघ ११ मा बसेको मन्त्रिपरिषदको बैठकले वीरगन्ज सहित दशेभरका ३० वटा स्थलनाका खोल्ने निर्णय गरेर माघ १५ गते जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरिएको जानकारी गराएको थियो तर भारतबाट नेपाल प्रवेश गर्ने प्रमुख स्थल नाका वीरगन्जमा भने सरकारको निर्णय हालसम्म पनि कार्यन्यवनमा आएको छैन।
नाका पुर्ववत अवस्थामा नखुल्दा वीरगन्ज र यस आसपासका होटल र पर्यटन व्यसाय धराशायी भएका छन्। त्यसैले नाका खोल्न माग गर्दै होटल तथा पर्यटन व्यवसायी संघ पर्सा र पर्यटन पत्रकार संघ पर्साले बुधबार सिसिएमसीका संयोजक समेत रहेका उप्रप्रधानमन्त्री ईश्वर पोखरेललाई ज्ञापन पत्र बुझाएको छ।
बुधबार मन्त्री निवासमै पुगेर दुबै संघले बुझाएको ज्ञापन पत्र बुझ्दै उपप्रधानमन्त्री पोखरेलले बिहीबार अपरान्ह ४ बजे बस्ने सिसिएमसीको बैठकले नाका खोल्ने निर्णय गर्ने आश्वासन दिएको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले जानकारी दिए। पन्तले भने, ‘उपप्रधानमन्त्री ज्युले बिहीबार सिसिएमसिको बैठक बस्ने र बैठकले नाका खोल्ने निर्णय गर्ने आश्वासन दिनु भएको छ, त्यसैले अब नाका पूर्ववत अवस्थामै खुल्छ भन्ने विश्वास गरेका छौं।ु
वीरगन्ज र यस आसपासका होटल तथा रिसोर्टहरु ७० देखि ८० प्रतिशत भारतीय पर्यटकको भारमा निर्भर रहेको भन्दै पन्तले भने, ‘तर कोरोनाका कारण चैत १० गतेदेखि बन्द सीमा नाका संचालनमा नआउँदा हाम्रो व्यवसाय धरापमा परेको छ।ु
त्यसैले नाका तत्काल खुला गरिदिन आग्रह गर्दै उपप्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको पन्तले बताए । वीरगन्ज क्षेत्रमा भारतीय पर्यटक भित्र्याउने लक्ष्यसहित गएको हप्ता मात्रै होटल तथा पर्यटन व्यवसायी संघ पर्साले ‘पर्यटन पुनरुत्थानको लागि साझेदारी’ कार्यक्रमको घोषणा गरेको थियो। लामो समय सीमा नाका बन्द हुँदा वीरगन्जमा सञ्चालित होटलहरुको करिब सवा ६ अर्ब लगानी जोखिममा परेको होटल व्यवसायीहरुले बताएका छन्।
कोरोना भाइरसको संक्रमण बढेको भन्दै गएको वर्ष चैत १० गतेदेखि सरकारले सीमा नाका बन्द गराएको हो। भारत सरकारले आफ्नो तर्फको नाका कात्तिक ६ गतेदेखि नै खोलिसकेको भए पनि नेपाल सरकारले भने वीरगन्ज सहितका नाका अझै पनि औपचारिक रुपमा खोलेको छैन।
सरकारको निर्णयसँगै वीरगन्ज नाकामा भारतबाट मानिसको आउजाउ सुचारु भए पनि मालबाहक बाहेक अन्य सवारी साधनलाई सीमा खटिएका सुरक्षकर्मीले नााकमै रोकेर फिर्ता पठाइदिने गरेका छन्। जसका कारण भारतबाट नेपाल आउन चाहने भारतीय दशगजा क्षेत्रमै आफ्ना सवारी साधन थन्क्याएर पैदल वीरगन्ज आउजाउ गर्न बाध्य छन्।

सरकारले नाका खोलिसकेको भने पनि नेपाल प्रवेश गर्ने झन्झटिलो प्रकृया र नाकामा खटिएका सुरक्षाकर्मीहरुले दुस्ख दिने गरेका कारण भारतबाट पर्यटकहरु आउन नसकेको पर्यटन पत्रकार संघका सदस्य राधेश्याम पटेलले बताए।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: