आज १०७ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु,६० जना निको

काठमाडौं, २०७७, ५ चैत्र

आज नेपालमा १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घण्टामा ३ हजार २ सय ५४ जनामा परिक्षण गर्दा १०७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ६२५ पुगेको छ ।

यस्तै आज ६० जना कोरोना संक्रमित निको भएका छन् । यससँगै निको हुनेको कुल संख्या २ लाख ७१ हाजर ६१० पुगेको मन्त्रालयले जनाएको छ। अब सक्रिय संक्रमितको संख्या १ हजार रहेको छ ।
यस्तै आज १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ हजार १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिक गरेको विवरणमा जनाइएको छ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *