
काठमाडौँ २०७७ चैत्र ६
आज मौसममा आंशिक देखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी भूभागको केही स्थानमा मेघ गर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
देशको पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन तथा चट्टयाङ्, हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गडरेकोे छ।
त्यस्तै आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन ।