काठमाडौं २०७७ ६ चैत
महान्यायाधिवक्ता अग्नी खरेलले राजिनामा दिएका छन । सक्रिय राजनीतिमा फर्किने तयारीका साथ खरेलले राजिनामा दिएका हुुन । ।केही समय अगाडि नै राजीनामा दिन खोजेका खरेल प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध मुद्दा परेपछि राजीनामा दिने विषय रोकिएको थियो।
झापाबाट सक्रिय राजनीति गर्दै आएका भएका खरेल यसअघि संविधान सभाको सदस्य समेत रहेका थिए। खरेल प्रधानमन्त्री केपी ओलीको अघिल्लो कार्यकालमा कानुनमन्त्रीसमेत थिए।आगामी निर्वाचनमा झापाबाट चुनाव लड्नका लागि तयारी गर्ने भन्दै खरेलले राजीनामा दिएको उनी निकट स्रोतले जनाएको छ।



















