प्रतिनिधिसभाको अर्को बैठक चैत्र१० गते हुने

ByLumbini Darpan Online

६ चैत्र २०७७, शुक्रबार १०:२१ ६ चैत्र २०७७, शुक्रबार १०:२१ ६ चैत्र २०७७, शुक्रबार १०:२१

काठमाडौँ चैत्र ६
आज प्रतिनिधिसभाको बैठक सकिएको छ । केही सांसदले आफनो भनाइ राखेपछि चैत्र १० गतेसम्मका लागि प्रतिनिधिसभा बैठक सकिएको हो । बैठकमा केही सांसदले समसामयिक विषयमा धारणा राखेका थिए ।सांसदले भारणा राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले चैत १० गते मंगलबार दिउँसो १ बजे सम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा लोकसेवा आयोग र राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले लोकसेवा आयोगको ६१ औँ तथा मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *