ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

राष्ट्रपतिको राजकीय भ्रमण : नेपाल–बङ्गलादेश सम्बन्ध सुमधर हुने आशा

लुम्बिनी दर्पण २०७७ चैत्र ७, शनिबार १४:२३

काठमाडौं २०७७ चैत्र ७
नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गरेपछि राष्ट्राध्यक्षको तहमा पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारी यही चैत ९ र १० गते हुन लागेको बङ्गलादेशको राजकीय भ्रमणगर्न गर्न लागेकी छन । राष्ट्रपतिको यो भ”मणलाई दुवै देशका जनताले उत्सुकताका साथ नजिकबाट नियालीरहेका छन्।
नेपालको कूटनीतिक दायरालाई फराकिलो बनाउन तथा दुई देशबीचको राजनीतिक, सांस्कृतिक, आर्थिक एवं दुइ देशबिचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन भ्रमण फलदायी हुनेमा दुवै देशका जनता आशावादी छन्। समकालीन विश्वले २१ औँ शताब्दीको दुई दशक पार गरिसकेको बेला हुन लागको यो भ्रमणको दूरगामी प्रभाव आपसी सम्बन्धमा सुमधुर बनाउनेतर्फ मात्र केन्द्रित नभई नेपालको राष्ट्रिय समृद्धिका सपना साकार पार्न सहकार्य, साझेदारी र सहयोग प्रवर्द्धनका दृष्टिले पनि महत्वपूर्ण हुने आशा गरिएको छ।
आपसी सम्बन्धमा नयापन तथा पारस्परिक सहकार्य र साझेदारीका नयाँ क्षेत्रहरू पहिल्याउन उच्चस्तरीय भ्रमण अति उपयोगी हुने गरेका छन्। राष्ट्रपति भण्डारीको यो भ्रमणका क्रममा दुई देशबीच पर्यटन प्रवद्धन, सांस्कृति सहयोग आदानप्रदान, रोहनपुर–सिंहबाद ‘रेल रुट’ सञ्चालन, पशुपंक्षीसँग सम्बन्धित ‘स्यानिटरी’ र वनस्पति जगत्मा रोगव्याधी फैलिन नदिने प्रावधान ‘फाइटो स्यानिटरी’ अर्थात् स्यानिटरी एन्ड फाइटो स्यानिटरी मेजर्ससहित तीनवटा बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ।
बङ्गलादेश सरकारले नेपाललाई चटगाउँ र मोङ्ला बन्दगाहका साथै काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्ध सतहमार्गबाट पारवहन सुविधा उपलब्ध गराएको छ भने रोहनपुर–सिंहबादबाट मालबाहक रेल नेपालसम्म आवतजावत गर्न अतिरिक्त ‘रेल करिडोर’ प्रदान गरेसँगै कोलाकाता बन्दरगाहको विकल्पको रुपमा मोङ्ला बन्दरगालाई उपयोग गर्न मार्गप्रशस्त भएको छ। नेपालका निम्ति कोलाकाताभन्दा मोङ्ला बन्दरगाह नजिक हुने भएकाले त्यसबाट कम लागतमा द्विपक्षीय व्यापार विस्तार गर्न सहयोग पुग्नेछ। उक्त बन्दरगाहबाट विराटनगरस्थित एकीकृत जाँचचौकीमा मालसामन आइपुग्न २१७ किलोमिटर दूरी पार गर्नुपर्नेछ भने वीरगञ्जमा रहेको एकीकृत जाँचचौकी पुग्न ६०० किलोमिटर यात्रा गर्नुपर्नेछ।
बङ्गलादेशले नेपाललाई उच्च महत्व र सम्मान दिँदै आएको तथा त्यही वास्तविकता प्रतिविम्बित गर्न आफ्ना राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहमा राष्ट्रपति भण्डारीलाई आमन्त्रण गरिएको बताउँछन् बङ्गलादेशका लागि नेपालका राजदूत डा। वंशीधर मिश्र। ढाकामा राष्ट्रपति भण्डारीको राजकीय भ्रमणको भव्य तयारी भइरहेको र राष्ट्रपति मोहमद अब्दुल हमिदले आफ्ना नेपाली समकक्षीलाई सोमबार हजरत शाहजलाज अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम रहेको टेलिफोनमा बताए।
सम्पर्क सञ्जालका बहुढाँचाको विकास, सुददृढ पारवहन सुविधाका लागि लगानी प्रवर्द्धन, पर्यटन विस्तारमा सहकार्य, ऊर्जा क्षेत्रमा साझेदारी अभिवृद्धि, सांस्कृतिक एवं शैक्षिक क्षेत्रमा थप सहयोग बढाउने तथा दुवै देशका उत्पादनलाई आ–आफ्नो मुलुक निर्वाध पुर्याउन सहुलियतपूर्ण व्यापार सम्झौता ९पिटीए० गर्ने तयारी गरिएको भए पनि केही प्राविधिक कठिनाईका कारण राष्ट्रपतिको भ्रमणका बेला पिटीए नहुने बताए।
विशेष गरी दुईपक्षीय व्यापार विस्तारका बाधक गैरभन्सार अवरोध तथा भन्सार अवरोध हटाउने, उच्च भन्सार दर घटाउने, स्थलमार्गबाट नेपाली उत्पादन बङ्गलादेशका बजारमा पुर्याउने, चिकित्सा शास्त्रका अधिकांश विधामा आकर्षित नेपाली विद्यार्थीलाई थप छात्रवृत्ति, उनीहरूले झेल्नुपरेका प्रवेशाज्ञालगायत समस्या समाधानमा केन्द्रित रहेर नेपालले सशक्तरुपमा आफ्ना विषय प्रस्तुत गर्ने अवसरका रुपमा यो भ्रमणलाई उपयोग गर्नसके नेपाल र नेपालीलीलाई दीर्घकालीन लाभ हुनेछ।
नेपालका मालबाहक तथा यात्री बोकेका सवारीसाधनलाई बिना रोकटोक चटगाउँ र मोङ्ला बन्दरगाहसम्म पहुँच दिने व्यवस्था, व्यापार, वाणिज्य र पारवहनमा सहजीकरण र दुवै देशलाई हवाई, जल एवं सतहमार्गबाट जोड्दै बृहत् सम्पर्क सञ्जालमार्फत् व्यापारमात्र नभई जनस्तरमा विद्यमान आपसी आत्मीय सम्बन्धलाई अझ सुमधुर तुल्याउन भ्रमण उपयोगी हुने विश्वास दुवै देशका नागरिकले गरेका छन्।
नेपाल र बङ्गलादेशका मालबाहक सवारीसाधानको सञ्चालनको ढाँचालाई अन्तिम रुप दिने, बजारसम्मको पहुँच तथा भन्साररहितरविशेष सुविधा कार्यान्वयनका ढाँचा परिपूर्ण गर्ने, विविध कारणले अबरुद्ध भएको ढाका–काठमाडौँ बससेवा पुनः सञ्चालन गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने, नेपालको बढ्दो व्यापार घाटा घटाउन तुलनात्मक लाभका वस्तुलाई भन्सार महशुल नलिइ बजारसम्म पहुँच, भन्सार बिन्दुमा प्रक्रियागत प्रशासनिक झमेलाको अन्त्य, भन्सार प्रक्रियाको सरलीकरण, दुईपक्षीय सहमति भएका पारवहन बिन्दु तथा अन्य मार्गका साथै भन्सार नाकाका भौतिक पूर्वाधारको स्तरोन्नतिमा केन्द्रित रहेर नेपालले बङ्गलादेशका उच्च अधिकारीसँग विचारविमर्श गर्नुपर्नेमा पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति सहायकमन्त्री राजेशकाजी श्रेष्ठले जोड दिन्छन्, ।
मालसामानको सहज जाँचपास र व्यापार प्रवर्द्धनका लागि दुवै देशका भन्सार अधिकारीहरुको संयुक्त समिति गठन, दुवै देशका सम्बन्धित निकायबीच व्यापारका प्राविधिक अवरोधको अन्त्य स्थल र हवाईमार्गबाट बङ्गलादेश प्रवेश गर्ने नेपालीलाई प्रवेश बिन्दुमा नै ‘आगमन प्रवेशाज्ञा’ बङ्गलादेशमा अध्ययनरत नेपाली विद्यार्थीलाई दीर्घकालीन प्रवेशाज्ञा जारी गर्ने, दुवै देशका व्यापारी तथा लगानीकर्तालाई व्यापारिक प्रवेशाज्ञाको व्यवस्था गर्नसके भ्रमण फलदायी हुने तर्क उनको छ।
विद्युत् उत्पादन, खरिद तथा प्रसारण लाइन निर्माणलगायत आपसी सहयोग प्रवर्द्धन र परियोजना निर्माणजस्ता सहायता विस्तारका क्षेत्र पहिल्याउने, नेपालको साल्ट ट्रेडिङ कर्पोरेशनजस्ता सार्वजनिक संस्थासँग मल कारखाना स्थापानालगायत कृषि क्षेत्रका पूर्वाधार निर्माणमा बङ्गालादेशका व्यापारिक संस्थाबीच सहयोग प्रवर्द्धन र दुई देशबीच द्विपक्षीय व्यापार लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता ९बिप्पा० गर्नसकेमा दुवै मुलुक लाभान्वित हुने उनको धारणा छ। चिया, कफी, अलैँची, अदुवा, औषधिजन्य वस्तु, कुचो, ताजा सागपात, फलफूल, धागो, दाल, कत्था, पश्मिना, हस्तकलाका सामग्रीलगायत तुलनात्मक लाभका नेपाली उत्पादनलाई भन्साररहित सुविधाका साथ बङ्गलादेशले आफ्ना बजार उपलब्ध गराइदिए हुन्थ्यो भन्ने उनको अभिमत छ।
नेपाल र बङ्गलादेशका औषधि उत्पादक कम्पनीका उत्पादन दुवै देशका बजारमा सहजरुपमा पुर्याउने, आपसी पर्यटन प्रवर्द्धन, विराटनगर र भद्रपुरबाट बंगलादेशको सैयदपुर हवाई सम्पर्क स्थापनासम्बन्धी सम्भावनाको खोजी, दुवै देशमा आयोजना हुने अन्तर्राष्ट्रिय व्यापार मेलामा एकअर्काको सहभागिता, नेपाल र बङ्गलादेशबीच जलविद्युत् उत्पादन, व्यापार र लगानीका क्षेत्रमा गर्न सकिने साझेदारीबारे पनि भ्रमणका क्रममा विचारविमर्श हुने बताउँछन् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहाल। बङ्गलादेशसँग उसले निर्यात गर्ने वस्तुको सूची मागिएको र त्यो अध्ययनको क्रममा रहेकाले राष्ट्रपतिको भ्रमणका बेला पिटीए नहुने उनले स्पष्ट गरे। नेपालको राष्ट्रिय हितलाई सर्वोपरि मानेर सन्धि सम्झौता गर्नुपर्ने भएकाले पिटीएमा केही विलम्ब भएको उनी स्वीकार गर्छन्।
निकासी प्रवर्द्धन केन्द्रका अनुसार सन् २०१८र१९ मा नेपालले रु एक अर्ब २९ करोड, ३४ लाख ७५ हजार ३१० बराबरका मुसुरोसहितका दलहन, अत्तर बनाउन प्रयोग गरिने जडीबुटीजन्य वनस्पतिका कच्चापदार्थ, गहुँ, काउली, गोलभेँडा, सागसब्जीका बीउबिजन, जुस, फर्निचर, कुचो, अम्रिसो, फेल्ट, काठका फर्निचर, सल, मफ्लर, जुटका बोरा, ओढ्ने बङ्गलादेश निर्यात गरेको थियो।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशामा अग्रसर नेपालले पारस्परिक साझेदारी र सहयोगका क्षेत्र पहिल्याएर तदनुरुप काम गर्नुपर्ने सुझाव दिन्छन् संयुक्त राष्ट्रसङ्घका लागि नेपालका पूर्व स्थायी प्रतिनिधि प्राडा जयराज आचार्य। राष्ट्रपतिको भ्रमणको उद्देश्य सार्वजनिक गर्नुपर्ने मत प्रकट गर्दै उनी भन्न्छन्, ‘आपसी सद्भाव, सहयोग, समझदारी र सहकार्यबाटै समृद्धिको लक्ष्य प्राप्तिमा बल मिल्छ, सहयोग विस्तारका अथाह सम्भावनायुक्त दुवै देशले आफ्नो राष्ट्रिय हित र जनताको बृहत्तर लाभका खातिर द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा मिलेर काम गर्नुपर्छ।’
बङ्गलादेशले अतिकम विकसित राष्ट्रको सूचीबाट आफूलाई स्तरोन्नति गरेको बेलामा हुन लागेको राष्ट्रपति भण्डारीको राजकीय भ्रमणबाट स्तरोन्नतिको सूचीमा उक्लिने हाम्रो सपना साकार पार्न बङ्गलादेशी अनुभव र शिक्षा हासिल गर्न मद्दत पुग्नेछ भने दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० को अध्यक्ष राष्ट्रका हैसियतले अवरुद्ध सार्क प्रक्रियालाई पुनर्जीवनसहित नव गति दिने दिशामा रचनात्मक भूमिका निर्वाह हुनसक्छ। बङ्गलादेश, भुटान, भारत, नेपाल ९बिबिआइएन०, बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास ९बिम्स्टेक० लगायत बहुपक्षीय सङ्घसंस्थामा दुवै देशबीच सहकार्य हुँदै आएको सन्दर्भमा भावी रणनीति तर्जुमा गर्ने सुअवसर पनि यस भ्रमणबाट प्राप्त हुने अपेक्षा गरिएको छ।
बङ्गलादेशको स्वतन्त्रता संग्राममा बंगबन्धु नेतृत्वको मुक्तिबाहिनी सेनालाई नेपालको तत्कालीन राजनीतिक नेतृत्वले हतियार समेत उपलब्ध गराएर राजनीतिक तहमा समेत उन्नत बनाएको बहुआयामिक नेपाल बङ्गलादेश सम्बन्धलाई राष्ट्रपति भण्डारीको यस राजकीय भ्रमणले थप सुमधुर बनाउने अपेक्षा गरिएको छ।


प्रकाशित : २०७७ चैत्र ७, शनिबार १४:२३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
प्रतिक्रिया

यो पनि पढौँ

अदालतको फैसला कार्यान्वयनमा स्वास्थ्य मन्त्रालयको आलटाल

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बाबुल र दर्शन मालिकाका मालिक को हुन ? तौफिकको संलग्नता नभएको पुष्टि

गौर तनाव : सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त

गौर नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय हुने फैसला

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech