एमाले संसदीय दलको बैठक बालुवाटारमा स् वामदेव सहभागी

काठमाडौं २०७७ चैत्र७
आज नेकपा एमाले संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ। आज बैठकमा नेकपाका उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका छन्।
संसद् विघटनपश्चात नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मा ओलीसमूह र माधव(प्रचण्ड समूह विभाजित भएर देशभर सभा गरेपनि उपाध्यक्ष वामदेव गौतम कुनै समूहमा लागेका थिएनन्। उनले आफ्नो नेतृत्वमा ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गरेका थिए।
सर्वोच्चले एमाले र माओवादीलाई पूर्ववत अवस्थामा ब्युँताइदिएपनि कुनै समूहमा सहभागी नभएका गौतम पहिलो पटक शनिबार संसदीय दलको बैठकमा सहभागी भएका हुन्। कुनै समूहमा नदेखिएका लालबाबु पण्डित र गौतम पत्नी तुलसा भने यसअघिनै संसदीय दलको बैठकमा भाग लिएका थिए।
यता माधव नेपाल पक्षले शनिबारको केन्द्रीय कमिटी र संसदीय दलका दुवै बैठक बहिष्कार गरेको छ। शुक्रबार नयाँ बानेश्वरमा बसेको स्थायी कमिटी सदस्यको बैठकले संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद भवन, बानेश्वरमा बस्दै आएकोमा प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गरेको निष्कर्ष निकालेको छ।
संसदीय दलको बैठकपछि केन्द्रीय समितिको बैठक बस्ने एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए। १२ औँ केन्द्रीय कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटी बनाउने उनको भनाई छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टी, समसायिक राजनीतिको विषयमा छलफलका गर्न बैठक बोलाएका हुन्।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *