काठमाडौं २०७७ चैत्र ७
नेकपा ९एमाले०को संसदीय दलको संशोधित विधान पारित भएको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले संशोधित विधान पारित गरेको हो। संशोधित विधानमा समूहगत माग राख्न नपाइने, माग राखेमा कारबाही गर्ने, संसदीय बोर्डमा रहने सदस्यको संख्या बढाउने र पार्टीभित्र गुटगत राजनीति गर्नेलाई बोर्डले स्पष्टिकरण सोध्ने व्यवस्था गरिएको छ। एमाले संसदीय बोर्डमा २७ सदस्य हुने व्यवस्थालाई संशोधन गरेर त्यो संख्यालाई २९ जनाइएको छ।
दलको उपनेता दलको नेताले नै तोक्ने वा मनोनयन गर्ने व्यवस्था गरिएको छ। प्रतिनिधिसभाबाट मात्र दलको नेता चयन गर्न व्यवस्थासमेत विधानमा गरिएकोभट्टराईले बताए।
पार्टीमा गुटगत गतिविधि भएको भन्दै मुख्य सचेतक विशाल भट्टराईको संयोजकत्वमा बनेको तीन सदस्यीय कमिटीले विधान संशोधनको मस्यौदा दलको बैठकमा पेश गरेको थियो। उक्त मौस्यौदा बैठकले पारित गरेको मुख्य सचेतक भट्टराईले बताए।
विधानमा केही प्राविधिक र शाब्दिक एवम् भाषिक विषयलाई सच्याएर समृद्ध बनाएको भट्टराईको भनाइ छ। विधानलाई समय अनुकुल बनाएको उनले प्रष्ट पारे।
संशोधित विधानमाथि बैठकमा वामदेव गौतमसहित १० जना सांसदले धारणा राखेका थिए। संशोधित विधानलाई केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गर्ने तयारी रहेको भट्टराईले बताएका छन्।





















