आज ७९ जना कोरोनाका बिरामी थपिए, ८२ जना निको

काठमाडौं, चैत्त ७
आज नेपालमा कोरोनाभाइरसका ७९ जना सङ्क्रमित थपिएका छन् ।बितेको पछिल्लो चौबीस घण्टामा दुई हजार ६३७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ७९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ८२९ पुगेको उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा ८२ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७१ हजार ८१५ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गरी जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार हाल ९९८ जना कोरोनाका सक्रिय बिरामी रहेका छन । मन्त्रालयले हाल ४७ जना क्वारेन्टिनमा रहेको जनाएको छ । हाल निको हुने दर ९८।५ प्रतिशत रहेको छ । हालसम्म तीन हजार १६ जनाको सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *