
काठमाडौँ, २०७७ चैत्र ८
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले धेरै वर्ष पहिले नै जात त्यागेको बताएका छन । ५६ औँ अन्तर्राष्ट्रिय जाति भेद उन्मूलन दिवस र नेपाली दलित आन्दोलनको कार्यदिशा विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उहाँले जात त्यागेर नै आफूले आफ्नो नाम पुष्पकमल दाहालबाट प्रचण्ड राखेको बताए । । उनले भने ‘प्रचण्ड भनेको जात होइन, प्रचण्डभित्र दलित, महिला, उत्पीडित, पूर्वेली, पश्चिमेली सबै छ ।’
प्रचण्डले आफूले दलित नेताबाटै कम्युनिस्ट सदस्यता लिएको स्मरणसमेत गरे । माओवादी विद्रोहमा दलितहरु सवैभन्दा बढी सम्मानित भएको बताउँदै दाहालले परिवर्तन रक्षाका लागि सदैव लड्ने उल्लेख गरे ।