Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित भए

काठमाडौं, साउन २० राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र...

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन

  काठमाडौं ,साउन २० ( सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० मा पहिलो दिनमा नै माग...

बालबालिकाका लागि जरुरी तीन कुरा

साउन २० हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा...

कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाको चापाकोट नगरपालिका दश दिन बन्द हुने

साउन २० कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।...

Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् । जावलाखेल क्वल ले निशानको सानै...

सेयर बजारमा कारोबारमा उत्साह

काठमाडौं ,२०७७ चैत्र ८

राजनीति अन्योलबीच पनि सेयर बजारमाराम्रो उछाल देखिएको छ। गत साता नै बुलिस ट्रेन्डमा फर्किएको सेयर बजार साताको पहिलो दिन आइतबार पनि पुरै हरियाली भएको छ।

कारोबार सुरु भएदेखि नै निरन्तर उकालो लागेको आइतबार बजार परिसूचक नेप्से ६३।३८ अंकले बढेर २५३८।४७ विन्दुमा पुगेको छ। परिसूचक उकालो लागेसँगै कारोबार अंकमा उत्साह बढिरहेको छ। आइतबार करिब छ अर्बको कारोबार भएको छ।

सेयर बजार अब फेरि बुलिस लयमै फर्किएको विश्‍वास लगानीकर्ता गरेका छन्। पुँजी बजारका लगानीकर्ताहरूले राजनीतिक घटनाक्रमलाई बेवास्ता गर्दै आत्मविश्‍वासका साथ लगानी गर्न थालेका छन्।

सेयर बजार परिसूचक फागुन ९ गते अहिलेसम्मकै सर्वाधिक उच्च बिन्दु २६४०।३५ अंकसहित ऐतिहासिक उचाइ चुमेको थियो। त्यसपछि ओरालो लागेको बजार २३८९।१९ विन्दुमा झरेको थियो ।

नेप्सेका सबै परिसूचक हरियो भए पनि लघुबित्त र विमामा विशेष आकर्षण देखिएको छ। आइतबार नेप्सेमा १० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर मूल्यमा सकारात्मक सर्किट लाग्नेमा स्वरोजगार, मिथिला, सूर्योदय, सामुदायिक र समिट लघुवित्त रहेका छन् । यस्तै, चन्द्रागिरि हिल्स, किसान लघुवित्त, स्वाभिमान माइक्रोफाइनान्स र युनाटेड इदी मार्दी हाइड्रोपावर रहेका छन् ।

राजनीतिक अन्योलबाहेक बजार घट्नुपर्ने कुनै कारण नभएकोले बजार बुलिस ट्रेन्डमै अघि बढ्ने बजार विज्ञहरूले बताएका छन्। चैत्रपछिको समयलाई त्यसै पनि सेयर बजारका लागि हरियालि समय मानिन्छ। चैत्रपछि कम्पनीहरूको तेस्रो त्रैमासिक रिपोर्ट आउने भएकोले त्यसको आंकलन र अपेक्षामा बजार थप उत्साह आउने देखिन्छ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *